१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चालु आवको छ महिनामा लगानी कोषको नाफामा वृद्धि

५ चैत्र २०७७, बिहीबार ०५:३६

चैत ५, काठमाडौँ । नागरिक लगानी कोषले चालु आवको पुस मसान्तसम्म गत वर्ष सोही अवधिको तुलनामा ८.५४ प्रतिशत नाफा कमाएको छ । आव २०७७/०७८ को सो अवधिमा रु ३२ करोड २५ लाख खुद नाफा कमाएको कोषले जनाएको छ । 

कोषले चालु आवको छ महिनाको अवधिमा रु एक खर्ब ६३ अर्ब २१ करोड लगानी गरेको छ । सोही अवधिमा कोषको खुद मौज्दात रु एक खर्ब ६४ अर्ब ८८ करोड रहेको छ । सो अवधिमा कोषले मुद्दती निक्षेपमा रु एक खर्ब एक अर्ब ६६ करोड, नेपाल सरकारको ऋणपत्रमा रु एक अर्ब पाँच करोड, सङ्गठित संस्थाको शेयर/धितोत्रपमा रु १२ अर्ब ८३ करोड, सहभागी सापटी तथा आवास कर्जामा रु २७ अर्ब ९३ करोड र समयकालीन कर्जामा रु १९ अर्ब ७२ करोड लगानी गरेको छ । 

कोषको अधिकृत पूँजी रु आठ अर्ब, जारी पूँजी रु आठ अर्ब र चुक्त पूँजी रु तीन अर्ब रहेको छ । कोषमा सरकारको १०, नेपाल राष्ट्र बैंकको १३.३४, नेपाल स्टक एक्सचेन्जको १०, राष्ट्रिय बीमा संस्थानको ३१.५५, बैंक तथा वित्तीय संस्थाको १५.११ र सर्वसाधारणको २० प्रतिशत शेयर स्वामित्व रहेको छ । 

मुलुकको आर्थिक विकासका लागि सर्वसाधारण जनतालाई समेत पूँजीको बचत गर्न प्रोत्साहित गरी लगानीको अवसर बढाउन तथा पूँजीबजारको विकासमा गतिशीलता ल्याउने उद्देश्यले स्थापना भएको कोषले अवकास कोष सञ्चालन तथा व्यवस्थापन गर्ने, सर्वसाधारण जनतालाई बचत गर्न प्रोत्साहित गरी राष्ट्रिय पूँजीको निर्माण गर्ने कार्य गरिरहेको छ । 

कोषले कर्मचारी बचत वृद्धि अवकास कोष योजना, आवास कर्जा, लगानीकर्ता हिसाब योजना, उपदान योजना, नागरिक एकाङ्क योजना, राष्ट्रसेवक कर्मचारीको सावधिक जीवन बीमा कार्यक्रम र नागरिक पेन्सन योजना सञ्चालनमा ल्याएको छ । 

कोष स्थापनाको ३१ औँ स्थापना दिवसका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रलाई माथि उठाउने गरी काम गर्न निर्देशन दिनुभयो । पूर्वाधार विकास, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई विस्तार गरेर आर्थिक पुनःउत्थान गर्नुपर्नेमा जोड दिँदै उहाँले कोषले सञ्चालनमा ल्याएका योजनालाई थप प्रभावकारी बनाउन सुझाव दिनुभयो ।

कोषका कार्यकारी निर्देशक रमण नेपालले बचत सङ्कलनका लागि सञ्चालनमा ल्याइएका कर्मचारी बचत वृद्धि अवकास कोष, उपदान तथा पेन्सन कोष, लगानीकर्ता हिसाब योजना तथा नागरिक एकाङ्क योजनाबाट सङ्कलित रकमलाई उच्च प्रतिफल प्राप्त हुने गरी जोखिम विश्लेषणका आधारमा लगानी गर्दै आएको बताउनुभयो ।

बचत सङ्कलनको दायरालाई फराकिलो बनाउन नागरिक पेन्सन योजना शुरु गरिएको जानकारी दिँदै उहाँले यसबाट बचतकर्ताले सक्रिय जीवनकालमा जम्मा गरेको रकमबाट जीवनको उत्तरार्धमा सहायता पाउने अपेक्षा गर्नुभयो । कार्यक्रममा सर्वोत्कृष्ट कर्मचारी र २० वर्षभन्दा बढी अविछिन्न सेवा गर्ने कर्मचारीलाई पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल