३० चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दोगडे खोला लघुजलविद्युत् आयोजना सम्पन्नः स्थानीयवासीमा खुशीयाली

५ चैत्र २०७७, बिहीबार ०७:५४

रमेश केसी । चैत ५, बझाङ । विद्युत् सुविधाबाट बञ्चित बझाङका केदारस्यु गाउँपालिकामा निर्माण गरिएको दोगेडे खोला लघुजलविद्युत् आयोजनाले विद्युत् उत्पादन गर्न थालेका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान सहयोगमा केदारस्यु गाउँपालिकामा ५५ किलोवाट क्षमताको दोगेडे खोला लघुजलविद्युत् आयोजना निर्माण भएको हो । 

सो आयोजनाबाट गाउँपालिकाको आधा दर्जनभन्दा बढी गाउँका स्थानीयवासी लाभान्वित भएका छन् । आयोजनाबाट विनाडा, भाडसैन, त्याडिगाउँ र गाँजरीलगायतका गाउँमा विद्युत् पुगेपछि स्थानीयवासी खुशी भएका छन् । 

करीब रु दुई करोडकोे लागतमा निर्माण भएको दोगेडे खोला लघुजलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रयोग गर्नका लागि थापागाउँ, सिङराली, गोठेखान र रोतागाडाको स्थानीयवासीको घरमा वाइरिङको काम सञ्चालनमा रहेकाले ती गाउँमा पनि छिट्टै बिजुली बत्ती पु¥याउने योजना रहेको आयोजनाका अध्यक्ष विर्ख गुर्धामीले बताउनुभयो । 

मतदाता नामावली सङ्कलन शुरु

जिल्ला निर्वाचन कार्यालय बझाङले यही चैत ५ गतेदेखि मतदाता नामावली अद्यावधिक गर्ने कार्य शुरु गरेको छ ।स्थानीय तहबाट सहायक नाम दर्ता अधिकारीले सङ्कलन गरेर ल्याएको विवरणअनुसार मतदाता नामावली अद्यावधिक शुरु गरिएको हो । वडा सचिवमार्फत सहायक नाम दर्ता अधिकारीले सङ्कलन गरेको विवरण निर्वाचन कार्यालयमा बुझाइसकेका छन् । 

प्राप्त विवरणअनुसार बसाइँसराइ गरेका, मृत्यु भएका, नागरिकता त्यागेकाको नामावली हटाउन थालिएको छ । दोहोरो नामावली परेकाको एक ठाउँमा मात्र कायम गर्ने काम भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अप्रेटर प्रेम बोहराका अनुसार गत पुस ५ गतेसम्म ६० हजार ९८७ जनाले तस्बिरसहितको मतदाता नामावली दर्ता गरेका थिए । १८ वर्ष पुगेका तथा मतदाता नामावलीमा नाम लेखाउन छुटेका नेपाली नागरिकले पुनः मतदाता नामावलीमा नाम लेखाउन सक्नेछन् ।

बझाङका १२ ओटा स्थानीय तहमध्ये सबैभन्दा धेरै मतदाता बुङगल नगरपालिकामा १९ हजार ६३ रहेका छन् । सबैभन्दा कम साइपाल गाउँपालिकामा एक हजार २५२ मतदाता रहेको कम्प्युटर अप्रेटर बोहराले बताउनुभयो । उहाँका अनुसार जिल्लामा हाल १२५ मतदानस्थल रहेका छन । 

स्थानीय तहको शिक्षा शाखामा इ–लाइबे्ररी

यहाँका स्थानीय तहको शिक्षा शाखामा तहका इ–लाइब्रेरी स्थापना गर्ने भएको छ । साझा शिक्षा इ–पाटी नामक गैरसरकारी संस्थाले जिल्लाका १२ वटै स्थानीय तहका शिक्षा शाखामा इ–लाइब्रेरी स्थापना गर्न लागेको हो । संस्थाले बझाङका ४३ वटा विद्यालयमा ९५० ल्यापटप पनि वितरण गरिसकेको छ । स्थानीय तहको शिक्षा शाखामा स्थापना गर्न लागिएको इ–लाइब्रेरीमा कक्षा १ देखि ८ सम्मका डिजिटल शैक्षिक सामग्री राखिने बताइएको छ । साझा शिक्षा इ–पाटीका सिनियर मेनेजर टीकाराज कार्कीले उक्त लाइब्रेरीबाट विद्यार्थीले अध्ययन सामग्री डाउनलोड गर्न सजिलो हुने बताउनुभयो । उहाँका अनुसार इ–लाइब्रेरीमा आठ हजार पुस्तक, १५ हजार अडियो र १२ हजार भिडियो सामग्रीसहित ब्रिटिस काउन्सिललगायतका अभ्यास सामग्री पनि राखिने छ । इ–लाइब्रेरीमा अनलाइन र अफलाइनमा काम गर्न सकिने बताइएको छ ।

कार्कीका अनुसार अहिलेसम्म बझाङका १० स्थानीय तहका शिक्षा शाखामा इ–लाइब्रेरी स्थापना भइसकेको र चैतभित्र बाँकी दुई स्थानीय तह केदारस्यू र बित्थडचीर गाउँपालिकामा जडान गर्न सकिने उहाँले जानकारी दिनुभयो । 

 कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी 

जिल्ला कारागार बझाङमा क्षमता भन्दा तेब्बर कैदीबन्दी बस्दै आएका छन् । पच्चीस जना क्षमताको कारागारमा हाल ३८ कैदीबन्दी र ३७ थुनुवा गरी ७५ जना बस्दै आएका छन् । महिला बन्दीका लागि बनाएको भवनमा पुरुष बन्दी बस्नुपर्ने बाध्यता रहेको छ भने महिला कैदीबन्दी तथा थुनुवा आएको खण्डमा अर्कै जिल्लामा सार्नुपर्ने अवस्था रहेको जिल्ला कारागारका जेलर धनबहादुर घर्तीले बताउनुभयो । 

हाल ६ कोठामा कैदीबन्दी कोचिएर बस्नुपर्ने अवस्था छ । शौचालयमा दिसापिसाब गर्नसमेत समस्या हुने गरेको घर्तीले बताउनुभयो । खेलकुद, पुस्तकालय, मनोरञ्जनका साधन त परैजाओस् ७५ जनाका लागि दुई शौचालय मात्रै हुँदा बिहानदेखि दिउँसो १२ बजेसम्म दिसापिसाबका लागि लाइनमा बस्नुपर्ने बाध्यता रहेको र एउटै कोठामा धेरैजना बस्ने भएकाले हलचल गर्न र श्वास फेर्नसमेत कठिन हुने गरेको जिल्ला कारागार बझाङका नाइके भक्त भण्डारीले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले आफू भर्खरै सरुवा भई जिल्लामा आएको र कारागारको केही दिनमा अनुगमन गर्ने र सघन शहरी विकास तथा भवन निर्माण आयोजना डोटीसँग बुझेर भवनका लागि पहल गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ काठमाडौँ उपत्यकामा बिहानदेखि हल्का वर्षा नेपाली चलचित्र क्षेत्रका लागि २०८१ समग्रमा सुखद वर्ष नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ निर्वाचित युरोप रोजगारको मागपत्र प्रमाणीकरण एक महिनाभित्रै सुरु हुने, व्यक्तिगत श्रमस्वीकृतिमा लगाम लगाइने दाउन्नेमा ट्राफिक व्यवस्थापन गर्न डेढ सय बढी सुरक्षाकर्मी परिचालन गृहमन्त्री लेखकले राजावादीको हिंसात्मक प्रदर्शन घटनामा संलग्नहरूलाई पक्राउ गर्ने क्रम जारी रहेको बताए उत्तरी चीनमा मानिसलाई घरभित्रै बस्न अपिल गरियो, वीरगन्जमा १७ जना बालकको उद्धार विष्णुप्रसाद पौडेलले एमालेलाई कमजोर बनाउने प्रतिक्रियावादीको योजना चिर्नु सबै कार्यकर्ताको दायित्व हो भने राजावादी आन्दोलनका क्रममा भएको क्षतिमध्ये पाँच करोड बराबरको बीमा दाबी दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राखेर अनुसन्धान गर्ने केपी शर्मा ओलीले राजतन्त्रले जनताका लागि केही नगरेको टिप्पणी गरे उच्च अदालतको आदेश बदर गर्न माग गर्दै रविले हाले सर्वोच्च अदालतमा निवेदन गगन थापाले आन्दोलनरत शिक्षकका केही माग कानून नबनाइ छिट्टै हल गर्न सकिने बताए निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण पूर्वराजालाई संसदीय समिति बैठकमा बोलाउनुपर्ने जीवन परियारको माग भृकुटीमण्डपमा दुई-पांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ सुरु सञ्चार तथा सूचना प्रविधिमन्त्रीले संविधान संशोधन, सुशासन र अर्थतन्त्र चलायमान बनाउने काम भइरहेको बताए तीन महिने शिशु बोकेर भागेकी युवती पक्राउ