११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कर्णाली करिडोर निरीक्षण गरी विज्ञ टोली फिर्ता

५ चैत्र २०७७, बिहीबार १२:०८

चैत ५, कर्णाली । कर्णाली करिडोरको अवस्था बुझ्न विज्ञटोली स्थलगत अनुगमनमा हुम्लाको सलीसल्लासम्म पुगेर फिर्ता भएको छ । यो टोलीको अनुगमन प्रतिवेदनका आधारमा सडकको थप सुधारको काम हुने भएको छ ।

कर्णाली करिडोरका विभिन्न खण्डमा निर्माण हुँदै गरेको सडक तथा पुलपुलेसाको अवस्था के कस्तो छ भनेर सोको प्राविधिक अध्ययनका लागि प्रधानमन्त्रीका विकास विज्ञ गजेन्द्रप्रसाद थपलियाको नेतृत्वमा सडक विभाग पुल महाशाखाका वरिष्ठ इञ्जिनीयर अंगलाल रोकाया र इञ्जिनीयर लीलाबहादुर भण्डारीसहितको तीन सदस्यीय टोली उपस्थित रहेको छ ।

सो टोलीले करिडोरको कालीकोटको खुलालुदेखि बाजुराको लैफु, हुम्लाको सलीसल्लासम्मको स्थलगत अनुगमन गरेको उक्त टोलीका सदस्य वरिष्ठ इञ्जिनीयर रोकायाले जानकारी दिनुभयो । हुम्लाको कबाडीदेखि सल्लीसल्लासम्मको सडकको लम्बाइ ३९ किलोमिटर छ । 

यसमध्ये २७ किलोमिटर निर्माण सम्पन्न भइसकेको छ भने अब १२ किलोमिटर निर्माणधीन अवस्थामा छ । बाजुरा र हुम्ला खण्डको काम राम्रो देखिएको छ भने कालीकोटमा पर्ने ४० किलोमिटर सडकलाई स्तरवृद्धि गर्नुपर्ने उक्त टोलीले जनाएको छ ।

निकट भविष्यमा नेपाली सेनाले सो सडक विभागलाई बुझाएपछि मापदण्डअनुसार वैधानिकरुपमा बाटो इजाजत खुला हुने भएको छ । यसबाट हुम्लाका दक्षिण भेगका तीन गाउँपालिका सडक सञ्जालमा छिट्टै जोडिने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह