२०८२, ७ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिङ्गटी हाइड्रोपावरको आईपीओ खुल्यो, कस्तो छ वित्तीय अवस्था ?

२०७७, ६ चैत्र शुक्रबार ०६:०१

चैत्र ६, काठमाडौं । सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ बिक्री खुला भएको छ । कम्पनीले  प्रतिकित्ता सय रुपैयाँ दरको कुल २९ लाख कित्ता आईपीओ निष्कासन गरेको हो । यसमा सर्वसाधारणले भने २६ लाख ४० हजार कित्ताका लागि मात्र आवेदन दिन पाउनेछन् । 

५८ हजार कित्ता कर्मचारी र १ लाख ४५ हजार कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । आईपीओमा चैत १० गतेसम्म आवेदन दिन सकिनेछ । यदि तोकिएको समयमा  आईपीओ बिक्री नभएमा चैत २० गतेसम्म बिक्री खुला रहनेछ । सिङ्गटी हाइड्रोको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ताका लागि आवेदन दिन सकिने बिक्री प्रबन्धक प्रबन्धक मेगा क्यापिटलले जनाएको छ ।

क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले सिङ्गटीलाई ‘केयर एनपी डबल बी माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले मध्यम जोखिममा रहेको आधार जनाउँछ । सिङ्गटीले २५ मेगावाट क्षमताको ‘सिङ्गटी खोला जलविद्युत आयोजना’ निर्माण गरिरहेको छ । कम्पनीको जलविद्युत उत्पादन केन्द्र दोलखा जिल्लाको कालिन्चोक गाउँपालिका वडा नं. ३ स्थित सिङ्गटी बजार नजिक रहेको छ ।

यसको कुल लागत ५ अर्ब ५० करोड ४६ लाख ६८ हजार रुपैयाँ अनुमान गरिएको छ । यसले साधारण लगानी फिर्ता हुने अवधि ८.१६  वर्ष तोकेको छ । वित्तीय प्रक्षेपण अनुसार चालु आर्थिक वर्षको अन्त्यसम्म सिङ्गटीको खुद नाफा ११ करोड ६३ लाख ८० हजार रुपैयाँ पुग्ने देखिन्छ ।  आर्थिक वर्ष २०७८/७९ मा २४ करोड ९२ लाख रुपैयाँ र आव २०७९/८० मा ४१ करोड १८ लाख १८ हजार रुपैयाँ खुद नाफा गर्ने कम्पनीको प्रक्षेपण छ ।

चालु आर्थिक वर्षमा प्रतिसेयर आम्दानी ८ रुपैयाँ ३ पैसा र प्रतिसेयर नेटवर्थ १ सय ८ रुपैयाँ ३ पैसा पुग्नेछ । आर्थिक वर्ष २०७८/७९ सम्ममा प्रतिसेयर आम्दानी ९ रुपैयाँ १६ पैसा पुग्नेछ । साथै, प्रतिसेयर नेटवर्थ पनि १ सय १७ रुपैयाँ १९ पैसा हुनेछ । सर्वसाधारणलाई जारी हुन लागेको आईपीओ सबै बिक्री भएमा सिङ्गटीको चुक्ता पुँजी जारी पुँजीको बराबर अर्थात १ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीमा संस्थापक सेयरधनीको हिस्सा ७० प्रतिशत, स्थानीयको १० प्रतिशत र सर्वसाधारणको २० प्रतिशत कायम हुनेछ । सिङ्गटीले आर्थिक वर्ष २०७९/८० सम्म पुँजी बढाउने कुनै योजना सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ