११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

२२.८ प्रतिशत जनता बिमाको दायरामा, बीमालेख संख्या ७२ लाख ४३ हजार नाघ्यो

६ चैत्र २०७७, शुक्रबार ०८:११

चैत्र ६, काठमाडौं । नेपालमा कुल जनसंख्याको २२.८ प्रतिशत जनता बिमाको दायरामा आएका छन् । २०७७ माघसम्म  बिमाको दायरामा आएको जनसंख्या २२.८ प्रतिशत र वैदशिक रोजगार बीमालेख समेत समावेश गर्दा बीमाको दायरामा आएको जनसंख्या २५.२ प्रतिशत पुगेको अर्थ मन्त्रालयले जनाएको छ । 

अर्थ मन्त्रालयले प्रकाशन गरेको अर्थ बुलेटिन अनुसार अघिल्लो आर्थिक वर्षको यही अवधिमा यस्तो जनसंख्या क्रमशः २०.९ प्रतिशत र २३.८ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षको माघ महिनासम्म जारी भएका कुल बीमालेख संख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.३ प्रतिशतले वृद्धि भई ७२ लाख ४३ हजार ५ सय पुगेको छ ।

यस अवधिमा संकलन भएको बीमा प्रिमियम रकम ३२.२ प्रतिशतले वृद्धि भई रू. ९२ अर्ब ४१ करोड पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो रकम रु. ६९ अर्ब ९२ करोड रहेको थियो। यस अवधिको बीमा प्रिमियम संकलनमा जीवन बिमा र निर्जिवन  बिमा तर्फको हिस्सा कमश: ८१.८ प्रतिशत र १८.२ प्रतिशत रहेको छ ।   


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह