११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुख्यमन्त्री रोजगार कार्यक्रमको योजना छनोट

९ चैत्र २०७७, सोमबार ०६:१९

चैत ९, जुम्ला । जुम्लाका आठवटै स्थानीय तहमा सञ्चालन हुने मुख्यमन्त्री रोजगार कार्यक्रमका योजना छनोट गरिएका छन् । जिल्लाका हरेक वडामा मुख्यमन्त्री रोजगार कार्यक्रमको रु ४० देखि ५० लाखसम्म बजेट आएको सामाजिक विकास कार्यालयका सबइञ्जिनीयर प्रेमबहादुर शाहीले बताउनुभयो । 

स्थानीय तहसँग कार्यक्रम कार्यान्वयन गर्न अहिले सम्झौता गर्ने काम शुरु गरिएको उहाँले जानकारी दिनुभयो । यस पटक रोजगार कार्यक्रमको बजेट तथा अख्तियारी जिल्लाका विषयगत कार्यालयमा आइपुगेको छ । 

तातोपानी र गुठीचौर गाउँपालिकामा मात्र मुख्यमन्त्री रोजगार कार्यक्रमको बजेट आएको छ । बाँकी छ पालिकाको बजेट विषयगत कार्यालयमा पठाइएको  सिँजा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले बताउनुभयो ।  स्थानीय तहमा आउनुपर्ने बजेट जिल्लामा आउन थालेपछि कार्यक्रम कार्यान्वयमा समस्या हुने जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले बताउनुभयो । नेपालको संविधानअनुसार सङ्घीय सरकार र प्रदेश सरकारको कार्यक्रम कार्यान्वयन थलो स्थानीय तह हो । अनुगमन र प्राविधिक सहयोगका लागि समन्वय समिति र विषयगत कार्यलाई जिम्मेवारी दिँदा उपयुक्त हुनेछ ।

मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत जिल्लामा रु २४ करोड ७३ लाख १२ हजार आएको छ । बजेट सिफारिस समितिले सिफारिस गरेका स्थानीय तह तथा विषयगत कार्यालयमा पठाइसकिएको छ । 

जिल्लाका आठवटै स्थानीय तहका विभिन्न वडामा खानेपानी, भवन, शौचालय, खेलमैदान, गारेटो बाटो, सडक मर्मत र ग्रामीण सडक तथा विद्यालय भवन निर्माण जस्ता कार्यमा मुख्यमन्त्री रोजगार कार्यक्रमको बजेट खर्च हुने सामाजिक विकास कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह