१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वास्तविक क्षेत्रका कम्पनीलाई सेयर बजारमा भित्र्याउन ‘बुक बिल्डिङ’

११ चैत्र २०७७, बुधबार ०६:४६

चैत ११, काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले धितोपत्र बजारमा लागु गरिएको बुक बिल्डिङ विषयमा नेपाल धितोपत्र बोर्डसँग छलफल गरेको छ । नाफिजले पुँजीबजार विषयमा कलम चलाउँदै आएका दुई दर्जन पत्रकारमाझ बुक बिल्डिङ विषयको ज्ञानको दायरा विस्तार गर्ने उद्देश्यले बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरीसँग छलफल गरेको हो ।

सो अवसरमा बोर्डका कार्यकारी निर्देशक गिरीले पत्रकारहरुलाई बुक बिल्डिङको आवश्यकता, प्रक्रिया, नीतिगत व्यवस्थाबारे जानकार गराए । साथै, उपस्थित सञ्चारकर्मीले उठाएको प्रश्नको जवाफ पनि दिएका थिए ।

सो अवसरमा नेपाल धितोपत्र बोर्डको कार्यकारी निर्देशक निरज गिरीले सेयर बजारमा वास्तविक क्षेत्रका कम्पनीलाई आकर्षण गर्न आईपीओमा बुक बिल्डिङ विधि कार्यान्वयनमा ल्याएको बताए । यो व्यवस्थाले ‘रियल सेक्टर’का कम्पनीलाई वास्तविक मुल्यमा  आईपीओ जारी गर्न सहयोग गर्ने उनको भनाइ छ ।

यो व्यवस्था कार्यान्वयनमा आएसँगै पुँजीबजारमा वित्तीय क्षेत्रको बाहुल्यता कम हुँदै वास्तविक क्षेत्रका कम्पनीलाई आकर्षण गराउने उनले बताए । अहिले राष्ट्र बैंक वा बिमा समितिको नीति सामान्य परिवर्तन हुँदा पनि सेयर बजारमा ठूलो प्रभाव पर्ने गरेकामा वास्तविक क्षेत्रका कम्पनीको हिस्सा बढ्दै जाँदा त्यसले कम असर गर्ने जिकिर गरे ।

धितोपत्र निष्कासनको लागि गराएको रेटिङमा औसत भन्दा माथि अर्थात् औसत भन्दा कम जोखिम भएको चुक्ता पुँजीको डेढ गुणा बढी नेटवर्थ भएका र पछिल्लो ३ आर्थिक वर्षमा लगातार मुनाफामा गएका कम्पनीले मात्रै बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्नसक्ने जानकारी उनले दिए । 

उक्त विधिबाट आइपीओ निष्कासन गर्न सर्वसाधारण लगानीकर्तालाई जोखिम हुनसक्ने भन्दै कुल निष्कासन हुने धितोपत्रको ४० प्रतिशत अनिवार्य संस्थागत लगानीकर्तालाई बिक्री गर्नुपर्ने र बिक्री निष्कासन भएको ६ महिनासम्म संस्थागत लगानीर्ताले सेयर बिक्री गर्न नपाउने व्यवस्था गरिएको छ । साथै संस्थागत लगानीकर्ताका लागि तय भएको ‘कट अफ मुल्य’ को  १० प्रतिशत कम मुल्यमा सर्वसाधारणलाई बिक्री गर्ने व्यवस्था गरिएको छ ।

पहिले अनिवार्य रुपमा २५ प्रतिशत प्रारम्भिक सार्वजनिक निष्कासन गर्नुपर्ने व्यवस्था रहेपनि बोर्ड केही समय अगाडि मात्रै चुक्ता पुँजीको १० प्रतिशत मात्रै प्रारम्भिक सार्वजनिक निष्कासन गर्नसक्ने व्यवस्था गरेको छ ।

यसैबीच, सर्वोत्तम सिमेन्टले आइपीओ जारी गरेको ३ महिना भित्रमा नै २५ प्रतिशत नगद र १० प्रतिशत बोनस सहित ३५ प्रतिशत लाभांश दिने दाबी गर्दै आएकामा नेपाल धितोपत्र बोर्डले आफूले यस्तो गतिविधि नियालीरहेको बताएको छ । 

अन्तक्र्रियाका क्रममा उठेको प्रश्नको जवाफ दिँदै बोर्डका कार्यकारी निर्देशक गिरीले भने, “कुनै पनि कम्पनीले हाम्रो क्षमता यति छ भन्न सक्छ तर ‘यो समयमा यति लाभांश दिन्छौं’ भन्न मिल्दैन ।” सर्वोत्तम  सिमेन्टको उक्त प्रचारलाई बोर्डले ‘¥याडर’मा राखेको उनले बताए ।

छलफलबाट नाफिजमा आवद्ध आर्थिक पत्रकारले नयाँ विषयमा बारेमा सिक्ने अवसर पाएको, यसले समाचारको गुणस्तरमा पनि सुधार आउने नाफिजको अध्यक्ष मोदनाथ ढकालले बताए । अन्तरक्रियामा उपस्थित हुन नसक्नेका लागि नाफिजको फेसबुक लाइभमार्फत् हेर्ने व्यवस्था मिलाइएको थियो ।

नाफिजले हरेक साता आर्थिक पत्रकारिताका नयाँ विषयमा ‘नाफिज संवाद’ चलाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह