२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वास्तविक क्षेत्रका कम्पनीलाई सेयर बजारमा भित्र्याउन ‘बुक बिल्डिङ’

२०७७, ११ चैत्र बुधबार ०६:४६

चैत ११, काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले धितोपत्र बजारमा लागु गरिएको बुक बिल्डिङ विषयमा नेपाल धितोपत्र बोर्डसँग छलफल गरेको छ । नाफिजले पुँजीबजार विषयमा कलम चलाउँदै आएका दुई दर्जन पत्रकारमाझ बुक बिल्डिङ विषयको ज्ञानको दायरा विस्तार गर्ने उद्देश्यले बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरीसँग छलफल गरेको हो ।

सो अवसरमा बोर्डका कार्यकारी निर्देशक गिरीले पत्रकारहरुलाई बुक बिल्डिङको आवश्यकता, प्रक्रिया, नीतिगत व्यवस्थाबारे जानकार गराए । साथै, उपस्थित सञ्चारकर्मीले उठाएको प्रश्नको जवाफ पनि दिएका थिए ।

सो अवसरमा नेपाल धितोपत्र बोर्डको कार्यकारी निर्देशक निरज गिरीले सेयर बजारमा वास्तविक क्षेत्रका कम्पनीलाई आकर्षण गर्न आईपीओमा बुक बिल्डिङ विधि कार्यान्वयनमा ल्याएको बताए । यो व्यवस्थाले ‘रियल सेक्टर’का कम्पनीलाई वास्तविक मुल्यमा  आईपीओ जारी गर्न सहयोग गर्ने उनको भनाइ छ ।

यो व्यवस्था कार्यान्वयनमा आएसँगै पुँजीबजारमा वित्तीय क्षेत्रको बाहुल्यता कम हुँदै वास्तविक क्षेत्रका कम्पनीलाई आकर्षण गराउने उनले बताए । अहिले राष्ट्र बैंक वा बिमा समितिको नीति सामान्य परिवर्तन हुँदा पनि सेयर बजारमा ठूलो प्रभाव पर्ने गरेकामा वास्तविक क्षेत्रका कम्पनीको हिस्सा बढ्दै जाँदा त्यसले कम असर गर्ने जिकिर गरे ।

धितोपत्र निष्कासनको लागि गराएको रेटिङमा औसत भन्दा माथि अर्थात् औसत भन्दा कम जोखिम भएको चुक्ता पुँजीको डेढ गुणा बढी नेटवर्थ भएका र पछिल्लो ३ आर्थिक वर्षमा लगातार मुनाफामा गएका कम्पनीले मात्रै बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्नसक्ने जानकारी उनले दिए । 

उक्त विधिबाट आइपीओ निष्कासन गर्न सर्वसाधारण लगानीकर्तालाई जोखिम हुनसक्ने भन्दै कुल निष्कासन हुने धितोपत्रको ४० प्रतिशत अनिवार्य संस्थागत लगानीकर्तालाई बिक्री गर्नुपर्ने र बिक्री निष्कासन भएको ६ महिनासम्म संस्थागत लगानीर्ताले सेयर बिक्री गर्न नपाउने व्यवस्था गरिएको छ । साथै संस्थागत लगानीकर्ताका लागि तय भएको ‘कट अफ मुल्य’ को  १० प्रतिशत कम मुल्यमा सर्वसाधारणलाई बिक्री गर्ने व्यवस्था गरिएको छ ।

पहिले अनिवार्य रुपमा २५ प्रतिशत प्रारम्भिक सार्वजनिक निष्कासन गर्नुपर्ने व्यवस्था रहेपनि बोर्ड केही समय अगाडि मात्रै चुक्ता पुँजीको १० प्रतिशत मात्रै प्रारम्भिक सार्वजनिक निष्कासन गर्नसक्ने व्यवस्था गरेको छ ।

यसैबीच, सर्वोत्तम सिमेन्टले आइपीओ जारी गरेको ३ महिना भित्रमा नै २५ प्रतिशत नगद र १० प्रतिशत बोनस सहित ३५ प्रतिशत लाभांश दिने दाबी गर्दै आएकामा नेपाल धितोपत्र बोर्डले आफूले यस्तो गतिविधि नियालीरहेको बताएको छ । 

अन्तक्र्रियाका क्रममा उठेको प्रश्नको जवाफ दिँदै बोर्डका कार्यकारी निर्देशक गिरीले भने, “कुनै पनि कम्पनीले हाम्रो क्षमता यति छ भन्न सक्छ तर ‘यो समयमा यति लाभांश दिन्छौं’ भन्न मिल्दैन ।” सर्वोत्तम  सिमेन्टको उक्त प्रचारलाई बोर्डले ‘¥याडर’मा राखेको उनले बताए ।

छलफलबाट नाफिजमा आवद्ध आर्थिक पत्रकारले नयाँ विषयमा बारेमा सिक्ने अवसर पाएको, यसले समाचारको गुणस्तरमा पनि सुधार आउने नाफिजको अध्यक्ष मोदनाथ ढकालले बताए । अन्तरक्रियामा उपस्थित हुन नसक्नेका लागि नाफिजको फेसबुक लाइभमार्फत् हेर्ने व्यवस्था मिलाइएको थियो ।

नाफिजले हरेक साता आर्थिक पत्रकारिताका नयाँ विषयमा ‘नाफिज संवाद’ चलाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते