२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

राजस्व चुहावट रोक्न सबै सामर्थ्य प्रयोग गर्ने अर्थमन्त्रीको दृढता

२०७७, १२ चैत्र बिहीबार १२:४१

चैत १२, काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व चुहावट नियन्त्रणका लागि सबै सामथ्र्य प्रयोग गर्ने र अनियमित कार्यमा संलग्न हुनेप्रति कठोररुपमा प्रस्तुत हुने दृढता व्यक्त गर्नुभएको छ । “राजस्व चुहावटप्रति सहिष्णु हुन सक्दैनौँ, शक्तिका साथ प्रस्तुत हुन्छौँ”, केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको आज अर्थ मन्त्रालयमा भएको बैठकमा अर्थमन्त्री पौडेलले भन्नभुयो, “व्यवसाय अभिवृद्धि र संरक्षणलाई पनि उत्तिकै ध्यान दिन्छौँ ।”

 अर्थमन्त्री पौडेलले निर्दोष नपरुन् र दोषीले उन्मुक्ति नपाउने गरी काम गर्न निर्देशन दिँदै राजस्व परिचालनमा नकारात्मक असर नपरोस् भन्नेमा पनि सजगता अपनाउन सम्बनिधत विभाग र सुरक्षा निकायलाई आग्रह गर्नुभयो । उहाँले चुहावट नियन्त्रणका लागि समन्वयात्मक ढङ्गले काम गर्न सम्बद्ध निकायका अधिकारीहरूलाई  निर्देशन पनि दिनुभयो ।

 स्थानीय र केन्द्रीय तहमा अनुगमन बढाउनुपर्नेमा जोड दिँदै अर्थमन्त्री पौडेलले समस्या समाधानलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिनुभयो । उहाँले प्रणालीमा रहेका कमजोरीहरूलाई सुधार गर्दै प्रविधिको प्रयोग र त्यसमा रहेका कमजोरीलाई हटाउँदै काम गर्न जरुरी रहेको बताउनुभयो ।

 अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले मन्त्रालय, विभाग र सुरक्षा निकायबीच समयमै सूचना आदानप्रदान गर्न आवश्यक भएको बताउनुभयो । राजस्व सचिव रामशरण पुडासैनीले चुहावट नियन्त्रणका लागि नीतिगत र प्रणालीगत सुधार गरिरहेको जानकारी दिँदै आर्थिक गतिविधि बढेसँगै चुहावट हुने सम्भावना रहेकाले त्यसको नियन्त्रणमा सचेत रहन आवश्यक भएको बताउनुभयो । 

गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले दोषीलाई कानुनअनुसार कारवाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै राजस्व चुहावट रोक्न नियमित रुपमा छलफल गर्नुपर्नेमा जोड दिनुभयो । साथै उहाँले ‘नियमित रुपमा अनुमगन गर्नुपर्छ’ भन्नुभयो । राजस्व व्यवस्थापन महाशाखाका प्रमुख रामेश्वर दङ्गालले राजस्व चुहावट हुन नदिन विभिन्न निकायबाट निरन्तर प्रयास भइरहेको जानकारी दिँदै चुहावटमा संलग्नहरूविरुद्ध पनि कडाइका साथ कारवाही भइरहेको बताउनभयो । 

 भन्सार विभागका महानिर्देशक यमलाल भुसालले छोटी भन्सारहरूलाई प्रभावकारी बनाइने बताउनुभयो । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरले जिल्लास्तरमा रहेका चुहावट नियन्त्रण समितिलाई प्रभावकारी बनाउन आवश्यक भएको  धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश