२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ज्योति लाइफको आइपिओ बाँडफाँड,कसरी हेर्ने नतिजा ?

२०७७, १३ चैत्र शुक्रबार ०७:५४

चैत १३, काठमाडौँ । शुक्रबार ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले प्राथमिक सेयर (आइपिओ) बाँडफाँड गरेको छ । कम्पनीले ५ लाख ९४ हजार आवेदकलाई गोलाप्रथाबाट १० कित्ताका दरले आइपिओ बाँडफाँड गरेको हो ।

गत फागुन २१ गते निष्काशन गरेको ज्योति लाइफ इन्स्योरेन्सको आइपिओमा कुल १८ लाख ४२ हजार ४९६ जनाले आवेदन दिएका थिए। यो संख्या हालसम्मकै उच्च हो। आवेदक मध्ये १२ लाख ४८ हजार ४९६ जना आवेदकको हात खाली भएको बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । 

जुन सर्वसाधारणका लागि आवेदन दिएकामध्ये ६७.७६ प्रतिशत हो। ३ जनामध्ये गोलाप्रथाबाट एक जनाले मात्र शेयर पाएका छन् । नतिजा केहीबेरपछि आइपिओ रिजल्ट डट् सिडिएससी डट् कम डट् एनपीमार्फत हेर्न सकिनेछ ।

कम्पनीले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता साधारण सेयर निष्काशन गरेको थियो । जस मध्ये ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत सेयर ३ लाख ३० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ५९ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो ।

कम्पनीको वित्तीय अवस्था हेर्दा आर्थिक वर्ष २०७६/७७ मा प्रति सेयर नेटवर्थ १३२.२९ छ । त्यसैगरी प्रतिसेयर आम्दानी १२.६५, नेटवर्थमा प्रतिफल ९.५१ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट