११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भन्सार एजेन्ट भएर काम गर्ने ? ६६० जनाको लागि खुल्यो आवेदन

१६ चैत्र २०७७, सोमबार ०६:५८

चैत्र १६, काठमाडौं । भन्सार विभागले भन्सार एजेन्टको इजाजतपत्र (लाइसेन्स)को लागि आवेदन खुल्ला गरेको हो । विभागले सोमबार एक सूचना जारी गरी ६ सय ६० जना भन्सार एजेन्टको नयाँ लाइसेन्सका लागि दरखास्त खुल्ला गरेको हो ।

भन्सार एजेन्टको लागि दरखास्त दिन चाहने योग्य उम्मेदवारले आगामी वैशाख ५ गतेसम्म सिंगल दस्तुर र वैशाख १२ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् । ३ हजार रुपैयाँ तिरेर आवश्यक काजपत्र विभागको अनलाइनबाट नै दरखास्त दिन सकिनेछ । 

२१ वर्ष उमेर पुगेको नेपाली नागरिक, मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक वा सो सरह उत्तीर्ण गरी कम्प्यूटर सम्बन्धी कम्तीमा तीन महिनाको आधारभूत तालिम लिएको, नेपाल सरकारलाई तिर्न बुझाउन पर्ने रकम बाँकी नभएको र कुनै फौजदारी अभियोगमा अदालतबाट कसूरदार प्रमाणित नभएको  नेपाली नागरिकले दरखास्त दिन सक्नेछन् ।

२०६५ सालमा भन्सार एजेन्टको प्रतिनिधि नियुक्त भई दुई वर्ष काम गरेको व्यक्तिलाई सम्बन्धित भन्सार कार्यालय प्रमुखले सो व्यहोरा प्रमाणित गरेमा शैक्षिक योग्यता आवश्यक पर्दैन । काम गरेकालाई आईए वा सो सरहको योग्यता भए पुग्छ । तर, परीक्षामा सबै समान रूपमा सहभागी भने हुनुपर्छ । 

विभागले लिखित परीक्षा तथा अन्तर्वार्ताको माध्यमद्वारा दरखास्तवाला मध्येबाट भन्सार एजेन्टको इजाजतपत्र दिन उपयुक्त व्यक्तिहरूको छनोट गर्नेछ । त्यसरी छनोट भएको व्यक्तिसँग भन्सार एजेण्टको इजाजतपत्र दस्तुर वापत सात हजार रूपैंयाँ र धरौटी वापत सात लाख रूपैंयाँ नगद वा सो रकम बराबरको बैङ्क जमानत लिई विभागमा दरखास्त दिनेको हकमा विभागले र भन्सार कार्यालयमा दरखास्त दिनेको हकमा सम्बन्धित भन्सार कार्यालयले अनुसूची–६ बमोजिमको ढाँचामा भन्सार एजेन्टको इजाजतपत्र दिनु पर्नेछ । 

भन्सार एजेन्टको इजाजतपत्रको अवधि एक आर्थिक वर्षसम्म कायम रहनेछ । यस्तो इजाजतपत्र नवीकरण गराउन चाहने इजाजतपत्रवालाले प्रत्येक आर्थिक वर्षका लागि सो आर्थिक वर्ष शुरु हुनु अगावै नवीकरण दस्तुर वापत सात हजार रूपैंयाँ तिरी कर चुक्ताको प्रमाणपत्र, बैङ्क जमानत राखी भन्सार एजेण्टको इजाजतपत्र लिएको भए त्यस्तो इजाजतपत्र नवीकरण गराउन चाहेको अवधिसम्म म्याद भएको बैङ्क जमानतको कागजात संलग्न गरी त्यस्तो इजाजतपत्र नवीकरण गराउनका लागि इजाजतपत्र दिने अधिकारी समक्ष निवेदन दिनु पर्नेछ तर भन्सार एजेन्टको इजाजतपत्र नवीकरण गराउन चाहने इजाजतपत्रवालाले तीन आर्थिक वर्षको निमित्त एकैपटक नवीकरण गराउन चाहेमा तीन आर्थिक वर्षको नवीकरण दस्तुर एकमुष्ठ तिरेर नवीकरण गराउन सक्ने व्यवस्था छ ।

के हो भन्सार एजेन्ट ?

एउटा देशबाट अर्को देशमा निकासी तथा पैठारी हुने वस्तुको भन्सार क्लियरेन्सका लागि त्यस्तो निर्यातकर्ता वा आयातकर्ता व्यक्तिले नियुक्त गर्ने आधिकारिक प्रतिनिधि भन्सार एजेन्ट हो । भन्सार एजेन्टले क्रसबोर्डर तस्करी रोक्न, आयातीत वस्तुको शुल्क र ट्यारिफ व्यवस्थित रुपमा संकलन गर्न, बौद्धिक सम्पत्तिको अधिकार रक्षा गर्न, स्थानीय बजार तथा उपभोक्ताको हित रक्षा गर्न तथा अन्तर्राष्ट्रिय दायित्वहरु पूरा गर्न भूमिका खेल्दछन् ।भन्सार एजेन्टले विदेशबाट नेपाल आउने सामान र नेपालबाट विदेश जाने वस्तुको आयात–निर्यातमा सहजीकरण गर्ने छन् । भन्सार भन्सार एजेन्टको लाइसेन्सको लागि २०५६ सालदेखि परीक्षा हुन सकेको थिएन । विभागले २० वर्षअघि ४०० भन्सार एजेन्टलाई लाइसेन्स दिएको थियो ।   त्यसबेला लाइसेन्स लिएका एजेन्टमध्ये अहिले १७० मात्रै काममा रहेको जनाइको छ । २० वर्ष पहिले एजेन्टको लाइसेन्स लिंदा परीक्षा भएको थिएन । तर यस वर्ष भने विभागले परीक्षा लिएर नै नयाँ लाइसेन्स दिन लागेको हो । 

हेर्नुहोस् सूचना 





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह