१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खप्तड सडकको काम छिटो सक्न मुख्यमन्त्री भट्टको निर्देशन

२४ चैत्र २०७७, मंगलवार ०६:०९

चैत २४, डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सिलगढीदेखि झिग्राना हुँदै खप्तड जोड्ने सडकको काम चाँडो सक्न निर्देशन दिनुभएको छ । उक्त सडकको मुख्यमन्त्री भट्टले आज अनुगमन तथा निरीक्षण गर्नुहुँदै तोकिएको समयावधिभित्र काम सक्न सम्बन्धित निर्माण कम्पनीलाई निर्देशन दिनुभएको हो ।

मुख्यमन्त्री भट्टले भन्नुभयो, “खप्तड सडक चाँडो पिच गरिए यहाँ पर्यटकलाई सहज हुने छ, कालोपत्रको काम चाँडै सक्नुस ।” अनुगमनकै क्रममा मुख्यमन्त्री भट्टले जिल्लामा सञ्चालनमा रहेका योजना तोकिएको समयमै नसक्नेलाई कारवाही गरिने समेत बताउनुभयो । उहाँले भन्नुभयो, “निर्माणको जिम्मा लिने तर समयमै काम नसक्नेलाई कारवाही हुन्छ, कारवाहीमा पर्नु भन्दा काम चाँडो सक्नुस् ।” सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रलाई मध्यनजर गर्दै कालोपत्रसहित निर्माण भईरहेको उक्त सडक एक वर्ष अगाडि करीब रु ७८ करोडको लागतमा ठेक्का भई काम भइरहेको छ । 

खप्तड यहाँको भू–स्वर्गको रुपमा परिचित क्षेत्र रही पर्यटकको प्रमुख रोजाइँको केन्द्र भए पनि खप्तड जाने बाटो नहुँदा पर्यटकीय सम्भावना ओझेलमा पर्दैआएको छ । खप्तड सडक कालोपत्रसहित निर्माण सम्पन्न भए यहाँ आउने पर्यटकलाई सहज हुनुका साथै आयआर्जनमा पनि सहज हुने खप्तड पर्यटन विकास समितिका अध्यक्ष हर्कबहादुर सिंहले बताउनुभयो ।

उहाँले भन्नुभयो, “खप्तडका नाममा धेरै राजनीति भयो, अब विकास गर्नुपर्ने बेला आएको छ, सडक सुविधा मात्रै पु¥याउन सके यहाँ लाखौँ पर्यटक भित्र्याउन सकिने छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा