Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२७ पुष २०८२, आईतवार
अर्थ/विकास

कर्नालीमा अर्गानीक उत्पादन, ठुला सहरमा बढ्दाे माग

२७ श्रावण २०७३, बिहीबार १४:१८

दलसिंह गिरी | साउन २७, कालिकाेट | कर्नाली क्षेत्रबाट उत्पादित जडिबुटीजन्य बस्तुको माग देशका बिभिन्न शहरमा बढ्दो अवस्थामा रहेकाे छ । कर्नाली क्षेत्रमा बहुउपयाेगी जडिबुटकाे खेती तथा संकलन गरी बिभिन्न निकायले बिना रसायन प्रशाेधन सहित जडिबुटीजन्य उत्पादन गरेर बजारमा ल्याएपछि यसकाे माग निकै बढेको हो ।

कर्नाली क्षेत्रमा उत्पादन तथा प्रशाेधन हुने  स्याउको ब्राण्डी, वाइन, जामजेली, जडिबुटी पेय, जडिबुटी मसला, ग्याष्टि चुर्ण डाइबेटिज चुर्ण एलाेभेरा जुस प्रशाेधित मह जस्ता उत्पादित जडिबुटीजन्य बस्तुहरुकाे माग देशका ठुला शहरहरु काठमाडौं, पोखरा, नारायणघाट, धनगढी, सुर्खेत र नेपालगंज धनगढी जस्ता क्षेत्रमा माग निकै बढी रहेको छ । बजारमा कर्नालीबाट उत्पादित जडिबुटी जन्य बस्तुकाे माग ब्यापक बढेपनि उत्पादन क्षेमता बिकासमा बिबिध समस्याका कारण ती सहरहरुमा प्रयाप्त मात्रामा उपलब्ध गराउन गाराे भएकाे जडिबुटी उत्पादक संचालकहरु बताउछन् ।

अाफ्नाे सहकारीबाट उत्पादन गरेका जडिबुटी जन्य बस्तुहरुकाे बारे बताउदै कर्नाली जडिबुटी उत्पादक सहकारी स‌ंस्थाका अध्यक्ष अजय गिरीले सहकारीबाट उत्पादन हुने जडिबुटी पेय, जडिबुटी मसला, ग्याष्टि चुर्ण डाइबेटिज चुर्ण एलाेभेरा जुस प्रशाेधित मह, सिस्नोकाे धुलाे जस्ता बस्तुकाे माग धेरै बढेकाे तर प्रशाेधनमा प्रयाप्त प्रबिधिकाे बिकास अभावका कारण बजारकाे माग अनुसारको उत्पादन गर्न ग्राहो भएको बताउनु भएकाे छ ।

बजारकाे मागलाइ पुर्ति गर्न राज्य स्तरबाटै कर्नालीमा जडिबुटी अाैधाेगिक क्षेत्र घाेषणा गरी जडिबुटी खेती स‌ंरक्षण सम्वर्दन तथा प्रशाेधनका लागि बिषेश अभियान संचालन हुन सकेमात्र नेपालका प्रमुख सहरमात्र हैन बिदेशी सहर सम्मकाे माग पुर्ति गरी देशकै अार्थिक उन्नति हुने सहकारीका अध्यक्ष गिरीले बताउनु भएकाे छ ।

यतिमात्र नभै कर्नालीमा उत्पादन हुने चिनाे कागुनाे फापर जाै जस्ता रैथान खाद्य बस्तुको माग पनि नेपालका यि शहरहरुमा माग निकै बढे पनि माग अनुसारको खाध्य बस्तु उत्पाद गरी पुर्ति गर्न नसकिएकाे जुम्लाका रैथाने बाली उत्पादक लक्ष्मी बहादुर भग्रीले बताउनु भएकाे छ ।
कर्नालीमा उत्पादन हुने सिमि कालोमार्सी धान, उसिनेकाे मकै जस्ता खाध्य बस्तुहरुकाे माग नेपालका बजारमा मात्र नभै अन्तराष्टि्य बजारमा समेत हुन थालेकाे कर्नाली खाद्य सरोकार समुहका अध्यक्ष मायाराम महताराले बताएका छन् । यस्ताे बढ्दाे मागलाइ बिश्वसनिय बनाउन सरकारी निकायले खाद्य बस्तुकाे गुणस्तर मापदण्ड परिक्षण गरी ब्यापार प्रक्रिया अगाडी बढाउन पर्ने महताराले बताउनु भयाे ।

कर्नालीमा उत्पादन हुने धेरै जसाे जडिबुटीहरु कर्नालीबाट संकलन गरी अनेत्र जिल्ला तथा देशमा प्रशाेधन गरी बजारमा ल्याउने प्रबृति पहिलेबाटै बढेकाले कर्नालीकाे पहिचान र अस्तित्व गुमनाम रहेकाे जडिबुटी ब्यावसायी प्रेमबहादुर शाहीले बताएका छन् । अब कर्नालीकाे पहिचान र अस्तित्व बचाउनका लागि राज्यकाे मुख ताक्नु भन्दा हामी कर्नालीवासीले नै केही उदाहरणीय रचनात्कम उपायहरु अवलम्बन गरी कार्यान्वयन गर्न अाजकाे अावश्यकता रहेकाे शाहीले बताउनु भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला