२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि गरेको बजेट विनियोजनको विवरण माग

२०७८, ७ असार सोमबार ०६:२३

असार ७, वाग्मती (रासस) । वाग्मती प्रदेश सरकारलाई प्रदेश मामिला समितिले आर्थिक वर्ष २०७८/७९ मा विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि गरेको बजेट विनियोजनको विवरण माग गरेको छ ।

समितिका अनुसार प्रदेश सरकारलाई विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि के कस्ता कार्यक्रम ल्याउने तथा के कति रकम विनियोजन भएको छ सो सम्बन्धमा समितिलाई १५ दिनभित्र विवरण पेश गर्न माग गरिएको हो ।

सिन्धुपाल्चोकमा गएको बाढीबाट ठूलो धनजनको क्षति भएको भन्दै समितिका सभापति माधव पौडेलले प्रदेशभित्रका अन्य धेरै ठाँउ पनि जोखिमयुक्त रहेकाले प्राकृतिक विपत्तिको तत्कालीन र दीर्घकालीन समस्या समाधानका लागि विस्तृत विवरण तयार गरी न्यूनीकरणमा प्रदेश सरकारलाई आवश्यक मार्ग दर्शन गर्न विभिन्न उपसमिति गठन गरिएको जानकारी दिनुभयो ।

यस्तै समितिले प्रदेशभित्रका नागरिकमा कोभिड–१९ खोपको पहिलो र दोस्रो मात्रा लगाउनेको सङ्ख्याको तथ्याङ्क माग गर्दै सो सम्बन्धमा पहिलो चरणमा रसुवा, धादिङ र नुवाकोटमा स्थलगत रुपमा विवरण सङ्कलन गर्ने निर्णय गरेको समितिका सचिव त्रिपुरारी बख्रेलले जानकारी दिनुभयो ।

यस्तै प्रदेशभित्रका सबै जिल्लामा सरकारले गरेको यथार्थ खर्चको विवरण १५ दिनभित्र प्राप्त हुने गरी माग गर्ने निर्णय भएको सचिव बख्रेलले बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक