१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

व्यासको नीति तथा कार्यक्रम : स्वास्थ्य, कृषि र पर्यटन प्राथमिकतामा

१० असार २०७८, बिहीबार ०७:४१

असार १०, दमौली (रासस)। तनहुँको सदरमुकाम दमौलीस्थित व्यास नगरपालिकाले स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज आयोजित नगरपालिकाको ३५औँ नगरसभामा उपप्रमुख मीरा जोशीले आव २०७८/७९ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । 

नगरपालिकाले नगर अस्पताल सञ्चालन, कृषिमा व्यवसायीकरण र पर्यटन क्षेत्रको प्रबद्र्धनलाई प्राथमिकतामा राखेर कार्यक्रम बनाएको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को महामारीबाट जीवनरक्षाका लागि सङ्घीय सरकार, प्रदेश सरकार, सबै पालिका र नागरिक समाजको सहभागितामा दुम्सीबजारको आधारभूत स्वास्थ्य चौकीमा पिसीआर परीक्षण प्रयोगशाला सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । 

हाल कृषि विकास बैंकको भवनमा २५ श्ययाको आइसोलेशन केन्द्र स्थापना गरिएकामा आगामी वर्ष दुम्सी बजारमा रहेको आधारभूत स्वास्थ्य केन्द्रअन्तर्गत नगरपालिका मातहतमा रहने गरी अस्पताल सञ्चालन गर्ने नीति लिइएको उपप्रमुख जोशीले बताउनुभयो । विद्यमान कोरोना महामारीबाट प्राप्त तितो अनुभव र यसले सिकाएको पाठलाई ध्यानमा राखी दमौलीस्थित जिल्ला अस्पताललाई एक सय श्ययामा विस्तार गर्ने गरी व्यास–११ पोल्याङमा करिब एक सय रोपनी जग्गा उपलब्ध गराउने र गुरुयोजना तयार गरिने जोशीले बताउनुभयो । 

हाल सञ्चालित दमौली अस्पताललाई भने नगरपालिकाअन्तर्गत ल्याउन सम्बन्धित निकायमा पहल गर्ने नीति लिइएको छ । जिल्ला अस्पतालमा न्यूनतम एक सय श्ययामा डायलासिस, सुत्केरी, आइसियु, भेन्टिलेटरको विशेषज्ञ सेवा र सुविधा उपलब्ध गराउन पहल गरिनेछ । 

नगरपालिकाले स्वास्थ्य संस्थाको सेवालाई स्तरीकरण गर्दै हरेक वडामा स्वास्थ्य स्वयंसेविकको सहयोगमा सरुवा रोगलगायत सङ्क्रमणबाट नगरवासीलाई सुरक्षित राख्न व्यवस्था मिलाउने नीति लिइएको उपप्रमुख जोशीले बताउनुभयो ।  कोरोना कहरका कारण वैदशिक रोजगारीबाट घर फर्किएका युवालाई लक्षित गरी विविध कार्यक्रम ल्याउने नगरपालिकाले जनाएको छ । 

उहाँका अनुसार नगरपालिका क्षेत्रभित्र रहेका निजी तथा सार्वजनिक अवस्थाका खाली जमीनको उत्पादनशील ऊर्जालाई खेर जान नदिन र कृषियोग्य भूमिको उपयोग गरी कृषि उत्पादनलाई बढवा दिइनेछ । आगामी वर्ष नगरपालिकाले कृषि क्षेत्रमा आधुनिकीकरण, यान्त्रिकीकरण र विशिष्टकरण गर्दै स्थानीयस्तरको उत्पादन वृद्धिमा जोड दिने नीति अवलम्बन गरेको छ । 

कृषि उत्पादनलाई सङ्कलन गर्न हरेक वडामा न्यूनतम एक कृषि उपज सङ्कलन केन्द्र र बजारीकरणका लागि कृषि उपज ढुवानी गर्न कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइनेछ । नगरपालिकाले आलु, लसुन, प्याजको पकेट क्षेत्र निर्धारण गरी उत्पादनमा लाग्ने किसानलाई अनुदानको व्यवस्था मिलाउने भएको छ । नगरको विकासमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखी धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं ऐतिहासिकस्थलको पहिचान गरी पर्यटन क्षेत्रको संरक्षण, सम्बद्र्धन र विकासका लागि कानून निर्माण गर्ने नीति अवलम्बन गरिएको छ । 

एक सय आठ फिटको व्यासमूर्ति, व्यास गुफा र पराशर ऋषिको तपोभूमि पराशर क्षेत्र जोड्ने पुलमा व्यास झुला, ऐतिहासिक तनहुँसुर दरबार, मानुङकोट, गलेखामकोट, कालिका शहीद जङ्गलपार्क, क्यामिन कालिका, सिद्धेश्वरी राजापानी महादेव, छाङ्गावाराही मन्दिरको संरक्षण र सम्बद्र्धन गरिने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । 

वडा नं १० दुम्सीचौरमा पर्यटकीय प्रबद्र्धनका लागि नारेश्वर ताल निर्माण सम्पन्न गर्ने र भानुघाँसी स्मारक पार्कलाई व्यवस्थित गर्ने नीति लिइएको उपप्रमुख जोशीले बताउनुभयो । उहाँका अनुसार मानुङ यात्राका लागि केबलकार, मानुङकोटमा तारे होटल निर्माण, शिशा पुल निर्माण, जीप लाइनलगायतका निर्माण कार्यका लागि निजी लगानीकर्तालाई आकर्षित गरी साझेदारी गर्ने नीति लिइएको छ । 

नगरसभामा नगरप्रमुख वैकुण्ठ न्यौपानेले स्रोत र सीमामा रहेर कृषि, पर्यटन, स्वास्थ्य, शिक्षालगायत पूर्वाधार निर्माणका कार्य गर्दै आएको बताउनुभयो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह