२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जनकपुरधामको बजेट रु एक अर्ब ४७ करोडः स्वास्थ्य स्वयंसेविका र पत्रकारलाई प्रोत्साहन

२०७८, ११ असार शुक्रबार ०४:५६

असार ११, धनुषा (रासस)। जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि रु एक अर्ब ४७ करोड ३० लाख ८३ हजारको बजेट प्रस्तुत गरेको छ ।  उपमहानगरपालिकाको सातौँ  नगरसभामा उपप्रमुख रीताकुमारी झाले  चालु खर्चतर्फ रु ९८ करोड २०लाख ६० हजार र पूँजीगततर्फ रु ४९ करोड ५० लाख २३ हजार विनियोजन गरिएको जानकारी दिनुभयो ।

उपमहानगरपालिकाले कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि संघीय सरकारबाट प्राप्त सशर्त अनुदान रकमका अतिरिक्त स्वास्थ्यतर्फ रु एक करोड ५० लाख विनियोजन गरेको छ ।

जनकपुरधाम पर्यटन प्रवद्र्धन तथा विकास सम्बन्धित विविध कार्यक्रमका लागि रु ५० लाख विनियोजन गरेकोछ । आगामी आवदेखि  उपमहानगरपालिका भित्र स्नातकस्तरको प्राविधिक शिक्षालय सञ्चालन अनुमति प्राप्त गरी प्राविधिक शिक्षालय सञ्चालनका लागि रु ४० लाख नियोजन गरिएको छ । स्वास्थ्य स्वयंसेविकाको योगदानको कदर गर्दै वार्षिक पोशाक खर्च रु १० हजार र मासिक रुपमा प्राप्त गर्दै आएको यातायात खर्चमा रु ५००  वृद्धि गरिएको छ । 

श्रमजीवी पत्रकारको बीमा गर्ने व्यवस्था मिलाउन नेपाल पत्रकार महासंघ धनुषालाई रु  तीन लाख  र  उपमहानगरपालिकाका सम्पूर्ण सञ्चारमाध्यमलाई समानुपातिक ढंगले लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन रु तीन लाख  विनियोजन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा