१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भरतपुरको नीति तथा कार्यक्रमसहित रु चार अर्ब ८१ करोडको बजेट पारित

११ असार २०७८, शुक्रबार ०४:५७

नारायण अधिकारी ।असार ११, चितवन (रासस) । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि रु चार अर्ब ८१ करोड १२ लाख ६५ हजारको बजेट सर्वसम्मत  पारित  गरेको छ । महानगरपालिकाका  उपप्रमुख पार्वती शाह ठकुरीले नवौँ नगरसभामा आज सो बजेट प्रस्तुत गर्नुभएको थियो । यो बजेट गत बर्षको भन्दा ६५ करोडले बढी छ । गत वर्ष महानगरले रु चार अर्ब १५ करोड ६४ लाख ८९ हजार बराबरको बजेट प्रस्तुत गरेको थियो ।

बजेटमा आन्तरिक आयतर्फ रु एक अर्ब २० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट रु एक अर्ब ७७ करोड २९ लाख ८३ हजार, केन्द्र तथा प्रदेश सरकारको राजश्व बाँडफाडबाट रु ४४ करोड ८२ लाख ८२ हजार, जनसहभागिताबाट रु ३० करोड, मर्मत सम्भार कोष, जिल्ला समन्वय समिति र सडक बोर्डबाट रु. ३÷३ करोड आय हुने अनुमान गरिएको छ ।

महानगरले आवमा सबैवडालाई रु एक करोड ७० लाखका दरले एकमुष्ठ बजेट रु.४९ करोड ३० लाख उपलब्ध गराउने भएको छ । शिक्षा विकासमा रु१२ करोड ५० लाख  तथा मर्मत गर्न आवश्यक देखिएका सडकलाई तत्कालै मर्मत गर्न रु छ करोड बजेट विनियोजन गरेको छ ।

महानगरले स्वास्थ्यतर्फ रु नौ करोड, सहकारी तथा रोजगारी प्रबद्र्धनमा रु तीन करोड ५० लाख, कृषि तथा पशुपंक्षी विकासमा रु आठ करोड ७० लाख, युवा तथा खेलकुदमा रु तीन करोड बजेट विनियोजित छ । 

पचास प्रतिशत अनुदानमा कृषि यन्त्र उपकरण उपलब्ध गराउने, कृषकहरूलाई साना सिंचाइमा अनुदान, कृषकहरूको क्षमता अभिवृद्धि गर्ने तथा प्रविधि हस्तान्तरण गर्ने, कृषि बीमा कार्यक्रमलाई निरन्तरता दिइने लगायतका कृषि विकासतर्फका कार्यक्रम सञ्चालन गर्न रु आठ करोड बजेट रहेको  छ । 

यसैगरी सभामा महानगरप्रमुख प्रमुख रेनु दाहालद्वारा प्रस्तुत नीति तथा कार्यक्रम पनि सभाले पारित गरेको छ । शहरी पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन पूर्वाधार, उद्योग तथा वाणिज्य, सूचना तथा प्रविधिसँगै युवा तथा खेलकुद क्षेत्रको विकास र निजी क्षेत्रको विकास नीति तथा कार्यक्रममा छ । ‘मध्य नेपालको सुन्दर शहर समृद्ध र सुसंस्कृत भरतपुर महानगरको दीर्घकालिन सोच’सहित अघि वढेको उहाँले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह