२८ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

निकुञ्जद्वारा पर्यटकीय मार्ग निर्माण

१४ असार २०७८, सोमबार ०४:४१

असार १४, रसुवा (रासस)। लाङ्टाङ राष्ट्रिय निकुञ्जले आफ्नो कार्यक्षेत्रमा गरेका विकास निर्माणको गतिविधि सार्वजनिक गरेको छ । चालु आर्थिक वर्ष २०७७/७८ मा पर्यटकीय पदमार्ग निर्माण एवं मर्मत, पर्यटकीय टिकट काउन्टर, पर्यटकीय प्रवेशद्वार एवं मानव तथा वन्यजन्तुबीचको द्वन्द्व अन्त्य गर्न जङ्गल र आवादी जमीनको सिमानामा तारबार निर्माण गर्ने काम सम्पन्न गरेको निकुञ्ज कार्यालयले जनाएको छ ।

संरक्षणको जागरण एवं पदमार्ग तथा तारबार समेतका निर्माणको काम सम्पन्न गराउन समग्रमा रू एक करोड १९ लाख ३८ हजार १६५ खर्च भएको प्रमुख संरक्षण अधिकृत सुषमा रानाले बताउनुभयो । स्याफ्रुबेँसीदेखि रिम्चे हुँदै लाङ्टाङसम्मको पदमार्गअन्तर्गत सात किलोमिटर भूभागमा मर्मत एवं पुनः निर्माण सम्पन्न गरी नेपालको तेस्रो पर्यटकीय गन्तव्य क्षेत्रको प्राकृतिक छटा अवलोकन गर्न जाने आन्तरिक एवं बाह्य पर्यटकलाई यात्रामा सहज बनाइएको बताइएको छ ।

यस्तै निकुञ्जअन्तर्गत सूर्यकुण्डदेखि नुवाकोटको ठाडेपाटीसम्म सात किलोमिटर पर्यटकीय पदमार्ग मर्मत तथा निर्माण, नुवाकोटको कुटुमसाङमा पर्यटकीय टिकट काउन्टर एवं पर्यटकीय प्रवेशद्वार समेत निर्माण गरिएको निकुञ्जका वन प्राविधिक रमेश बस्नेतले जानकारी दिनुभयो । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाअन्तर्गत सिलामेमा दुई दशमलव पाँच किलोमिटर मेसजालीको तारबार गरिएको छ । सो क्षेत्रमा निकुञ्जका बँदेल तथा अन्य जनावरले किसानका बालीमा नोक्सान पुर्याउने समस्या बढेपछि मानव र वन्यजन्तुबीचको द्वन्द्व अन्त्य गर्न जङ्गल र आवादी जमीनको बीचमा तारबार गरिएको अर्का वन प्राविधिक विवेक श्रेष्ठले बताउनुभयो ।

संरक्षणको जागरण कार्यक्रमअन्तर्गत डढेलो नियन्त्रण एवं रामसार र सिमसार क्षेत्रको महत्वका बारेमा समुदायमा जागरण ल्याइएको बताइएको छ । निकुञ्जका कर्मचारी, सुरक्षामा तैनाथ नेपाली सेना विष्णु दल गण, चोरी शिकारी नियन्त्रण समूह, स्थानीय संरक्षणप्रेमीको सहयोगमा चोरी शिकारीका घटना न्यून हुँदै गएको र निकुञ्ज क्षेत्रमा वन पैदावारको व्ययभारमा समेत ५० प्रतिशतले कमी आएको प्रमुख संरक्षण अधिकृत रानाले बताउनुभयो । यसैगरी चालू आर्थिक वर्षमा निकुञ्जभित्र चोरी शिकारी तथा गैरकानूनी क्रियाकलाप गर्ने सात जनालाई कारवाहीको दायरामा ल्याइएको छ । 

एकातिर भारी वर्षाले बाढी पहिरोका कारण पैदल मार्गमा अवरोध भएको छ भने अर्काेतर्फ कोभिडको बढ्दो सङ्क्रमणले वन जङ्गलको गस्तीमा केही कमी आएको छ । वन जङ्गल मास्ने तथा वन्यजन्तुको शिकार गर्ने जस्ता गैरकानूनी क्रियाकलाप भएको पाइएमा संरक्षणप्रेमीद्वारा गोप्य सूचना पाउनेमा आशावादी भएको निकुञ्जले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीप्रति नेपालको कटाक्ष : अनुहार नै हेर्न मन लाग्दैन भन्नेहरू सत्ताका लागि मसँग दौडिएर आए ८४ को चुनावपछि मात्र कांग्रेस महाधिवेशन हुन्छ : शशाङ्क कोइराला रवि लामिछानेलाई फेरि पठाइयो हिरासत पाँच वर्षमा कृषि अनुदानमा १ खर्ब ७ अर्ब खर्च बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु रवि लामिछानेको बयान सकियो, अब थुनछेक बहस हुने मकवानपुरमा दुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा नेकपा एससँग एकता गर्न हच्किए वामदेव गौतम, अभियानको बैठक अनिर्णित आर्मीले जित्यो पहिलो खेल, पुलिससँग फाइनल खेल्ने पक्का जय ट्रफीमा आर्मीलाई मधेशले दियो २८ रनको लक्ष्य लोकसेवा आयोग, विद्युत् प्राधिकरण र शिक्षा मन्त्रालयविरुद्ध सर्वोच्चमा रिट दायर नेपालमा टी२०आई खेल्न आउने नेदरल्याण्ड्स महिला क्रिकेट टोलीको घोषणा जय ट्रफी एलिट कप क्रिकेट: रित र शुभको अर्धशतकमा बागमतीले दियो पुलिसलाई ११६ रनको लक्ष्य काठमाडौँ जिल्ला अदालतमा रवि लामिछानेको बयान सुरु सरकारले अध्यादेश ल्याउनु गलत, ओली एकलौटी अघि बढे : एनपी साउद दुई हजार करोड क्लबतर्फ लम्किँदै ‘पुष्पा-२’ कोलम्बियामा विमान दुर्घटना: १० जना मृत फेला, ५ जना एकै परिवारका शिक्षिकाले लाठीले पिट्दा युकेजी पढ्ने बालकको आँखा फुट्यो, मुद्दा फिर्ताका लागि दबाब आज रविविरुद्धको थुनछेक बहस नसकिए रविलाई अदालतले हिरासत पठाउन सक्ने ललितपुरमा पार्किङ गरेर राखिएको कारमा आगलागी