२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भोलिदेखि भिसा सेवा सुरु, विदेशी नागरिकले असार २४ भित्र भिसा नि:शुल्क नियमित गर्न सक्ने

२०७८, १७ असार बिहीबार ०७:३४

असार १७, काठमाडौँ । अध्यागमन विभागले भोलिदेखि भिसा सेवा सुरु गर्ने भएको छ । निषेधाज्ञाका कारण गएको जेठ पाँच गतेदेखि बन्द रहेको भिसा सेवा सरकारले तोकेका मापदण्डको पालना गर्दै असार १८ देखि सुरु हुने विभागले जनाएको हो । 

गएको बैशाख १५ अर्थात् अप्रिल २८ सम्म नेपालको वैध भिसा भएका विदेशीको हकमा असार २४ भित्र नेपालबाट प्रस्थान हुने भएमा निःशुल्क भिसा नियमित गरिने जनाइएको छ । अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नै निःशुल्क भिसा नियमित गरिने विभागको सूचनामा उल्लेख छ । 

यस्तै नेपालमा रहन चाहने विदेशीले भिसा नियमित गर्नका लागि विभाग वा अन्तर्गतका कार्यालयहरुमा आवेदन गरेमा विलम्ब शुल्क र जरिवाना नलिइ भिसा नियमित गरिने पनि विभागले जनाएको छ ।तर असार २४ गतेपछि भिसा नियमित गर्न आउने र नेपालबाट प्रस्थान गर्ने विदेशीको हकमा भने नियम अनुसार भिसा शुल्क, विलम्ब शुल्क र जरिबाना लाग्नेछ । 

यस्तै पर्यटक भिसाको लागि एक सय ५० दिनसम्म मात्र बस्न सकिने प्रावधान भएकोमा यो वर्ष कोरोनाका कारण अवधि बढाएर दुई सय १० दिन बनाइएको छ । निषेधाज्ञाको अवधि एक सय ५० दिनमा गणना नहुने भएकाले पर्यटक भिसा अवधि बढाइएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक