१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भोलिदेखि भिसा सेवा सुरु, विदेशी नागरिकले असार २४ भित्र भिसा नि:शुल्क नियमित गर्न सक्ने

१७ असार २०७८, बिहीबार ०७:३४

असार १७, काठमाडौँ । अध्यागमन विभागले भोलिदेखि भिसा सेवा सुरु गर्ने भएको छ । निषेधाज्ञाका कारण गएको जेठ पाँच गतेदेखि बन्द रहेको भिसा सेवा सरकारले तोकेका मापदण्डको पालना गर्दै असार १८ देखि सुरु हुने विभागले जनाएको हो । 

गएको बैशाख १५ अर्थात् अप्रिल २८ सम्म नेपालको वैध भिसा भएका विदेशीको हकमा असार २४ भित्र नेपालबाट प्रस्थान हुने भएमा निःशुल्क भिसा नियमित गरिने जनाइएको छ । अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नै निःशुल्क भिसा नियमित गरिने विभागको सूचनामा उल्लेख छ । 

यस्तै नेपालमा रहन चाहने विदेशीले भिसा नियमित गर्नका लागि विभाग वा अन्तर्गतका कार्यालयहरुमा आवेदन गरेमा विलम्ब शुल्क र जरिवाना नलिइ भिसा नियमित गरिने पनि विभागले जनाएको छ ।तर असार २४ गतेपछि भिसा नियमित गर्न आउने र नेपालबाट प्रस्थान गर्ने विदेशीको हकमा भने नियम अनुसार भिसा शुल्क, विलम्ब शुल्क र जरिबाना लाग्नेछ । 

यस्तै पर्यटक भिसाको लागि एक सय ५० दिनसम्म मात्र बस्न सकिने प्रावधान भएकोमा यो वर्ष कोरोनाका कारण अवधि बढाएर दुई सय १० दिन बनाइएको छ । निषेधाज्ञाको अवधि एक सय ५० दिनमा गणना नहुने भएकाले पर्यटक भिसा अवधि बढाइएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह