१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अठार महीनामा सम्पन्न गर्नुपर्ने विद्युत आयोजना ३२ महिनामा पनि बनेन

२२ असार २०७८, मंगलवार १२:३८

दान बहादुर बुढा | असार २२, मुगु | मुगु जिल्लाको पश्चिमी भेग खत्याड गाँउपालिका वडा नम्बर ११ मा संचालित बिराबगर विद्युत आयोजना अठार महिनामा सम्पन्न गर्ने आयोजना ३२ महिना बितिसक्दा पनि बनेन ।

खत्याड गाँउपालिका भित्र रहेका दर्जनौं बस्ती र छिमेकी जिल्ला बाजुराका केही बस्तीलाई लक्षित गरी २०७६ साल असोजबाट निमार्ण कार्य सन्चालनमा आएको यो बिराबगर विद्युत आयोजाना १८ महिनाभित्र सम्पन्न गर्ने सन्चालनमा आए पनि अहिले ३२ महिना पुगिसक्दा पनि अलपत्र परेको छ ।


यो आयोजना निर्माणको लागि सिभिल ओकमा काम गर्ने जिम्मा लिएको मेगा फेवा जेबी कम्पनि र पोल हाल्ने लाईन हाल्ने जिम्मा लिएको कस्मीर कम्पनि लिमीटेडले लिए पनि अहिले आयोजना स्थालमा काम बन्द भएको छ । केही काम भए पनि हिजो-आज कोरोना महामारीको कारण देखाउदै आयोजनाको काम बन्द भएको छ ।

'धेरै काम भैसकेको छ, केही काम हुन बाँकी रहेको छ आयोजना निर्माणको जिम्मा लिएका कम्पनिहरुलाई ताकेता गरिरहेको छु, कोरोनाको कारण लकडाउन हुँदा केही समस्या आएको हो', आउदो दशैसम्म विद्युत निमार्ण कार्य सम्पन्न हुने बिराबगर विद्युत आयोजनाका सहजकर्ता अजबहादुर शाहीले बताएका छन् ।


सृजनशील कृषि सहकारीबाट सन्चालन भएको यस बिराबगर विद्युत आयोजानमा एसियाली बिकास बैक १९ करोड १०लाख अन्य बजेट नेपाल सरकार बैकल्पीक उर्जा प्रवर्दन केन्द्रबाट ३ करोड माछापुछ्रे बैंकबाट ऋण र सहकारीमा रहेको सेयर सदस्यबाट गरी जम्मा २७ करोडमा ५ सय किलोवाट क्षमताको विद्युत संचालित आयोजना अहिले धेरै काम भईसकेको आयोजना स्थालमा आवश्यक पर्ने सम्पूर्ण सामान आईसकेको छ । दशैंमा विद्युत बाली सक्ने र स्थानिय तहबाट यो आयोजनालाई निकै गम्भीर रुपमा हेरिरहेको खत्याड गाँउपालिकाका अध्यक्ष उब्जन बहादुर शाहीले जानकारी दिएका छन् । यता विद्युत उपभोग गर्ने स्थानिय नागरिकलाई यो आयोजनाका कुल बजेट कति हो? कहाँबाट सन्चालन भएको हो ? र कहीले बत्ती बाल्ने हो भन्ने कुनै पनि बिषयमा जानकारी नभएको स्थानियबासीहरुको गुनासो रहेको छ ।


आयोजनामा प्रयोग हुने सिमेन्ट केही म्याद (दट)भैसकेको छ अन्य अन्य सामान उपकरणमा खिया लागेर अलपत्र अबस्थामा रहेको छन । 

आयोजना निमार्णको जिम्मा लिएका कम्पनिहरु कोभिडको कारण भन्दै आयोजना भन्दा बाहीर रहेका छन् । काम भने बन्द हुँदा क्यानल, पावरहाउस, लाईन तान्ने लगाएत अन्य काम सबै अधुरा भएर अलपत्र परेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह