२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘विज्ञान र उद्यमशीलता’ युवा सम्मेलन आजदेखि

२०७८, २७ असार आईतवार ०७:५९

असार २७, काठमाडौँ । राष्ट्रिय युवा परिषद्को आयोजनामा ‘विज्ञान, प्रविधि, नवप्रवत्र्तन र उद्यमशीलतामा युवा राष्ट्रिय सम्मेलन’ आजदेखि शुरु भएको छ । 

युवालाई अध्ययन अनुसन्धान, नवप्रवत्र्तन र उद्यमशीलतासँग जोड्न सम्मेलन आयोजना गरिएको हो । परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले विज्ञान र प्रविधि क्षेत्रमा भएका अनुसन्धानलाई युवाको उद्यमशीलतासँग जोड्न सम्मेलन आयोजना गरिएको जानकारी दिनुभयो । 

उहाँले सम्मेलनबाट प्राप्त सुझावले सरकारलाई विज्ञान र प्रविधिको नीति निर्माणमा सहयोग पुर्याउने बताउनुभयो । उहाँले सूचना प्रविधि र विज्ञानका विद्यार्थीलाई अनुसन्धानमूलक बनाउन कार्यक्रम आयोजना गरिएको सुनाउनुभयो । उपाध्यक्ष ढुङ्गेलले युवाको प्रतिभालाई प्रस्फुटन गराउन सातै प्रदेशमा नवप्रवत्र्तन केन्द्र स्थापना गरिनेसमेत जानकारी दिनुभयो । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले विद्यालय तहमा विज्ञान र प्रविधि विषयमा विद्यार्थीलाई आकर्षित गर्ने कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभयो । उहाँले सम्मेलनले विज्ञान र प्रविधि शिक्षामा सहयोग पुर्याउने जनाउँदै विज्ञान र प्रविधिलाई समाजसँग घुलमिल गराउनुपर्ने भनाइ राख्नुभयो । 

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा धर्मकान्त बाँस्तोलाले अनुसन्धान र नवप्रवत्र्तनमा नेपालको शिक्षा कमजोर रहेको विश्वास गर्दै सरकारले उच्च शिक्षामा बजेट बढाउनुपर्नेमा जोड दिनुभयो । उच्च शिक्षामा अनुसन्धान र नवप्रवत्र्तनका काम हुनसके युवालाई स्वरोजगारमुखी बनाउन सकिने जनाउँदै उहाँले सम्मेलनले युवालाई नवउद्यमीको सिर्जना गर्न अवसर प्राप्त गर्ने बताउनुभयो । 

नेपाल विज्ञान तथा प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा सुनिलबाबु श्रेष्ठले विज्ञान र प्रविधिलाई समाजको समस्या समाधान गर्ने माध्यम बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले विज्ञान र प्रविधिमार्फत युवा जनशक्तिलाई परिचालन गरे मुलुकले समृद्धि हासिल गर्नसक्ने भनाइ राख्नुभयो । विज्ञान र प्रविधि क्षेत्रमा लगानी गरे प्रतिफल प्राप्त गर्न सकिने जनाउँदै उहाँले विज्ञान र प्रविधि क्षेत्रमा काम गर्ने संस्थाबीच अन्तरसम्बन्ध गराउनुपर्नेमा जोड दिनुभयो । 

काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा भोला थापाले विज्ञानबाट सिकेका कुरालाई उद्यमशीलतातर्फ लैजानुपर्ने बताउनुभयो । उहाँले युवाले आफूसँग भएको सीपलाई उत्पादनशीलतामा परिणत गर्नु आवश्यक रहेकामा जोड दिनुभयो । 

सम्मेलनमा स्नातकोत्तर तह अध्ययन गरिरहेका विद्यार्थीलाई युवा वैज्ञानिकले अनुसन्धान गरेका विषयमा जानकारी गराइने परिषद्का प्रमुख प्रशासकीय अधिकृत डा बाबुराम ढुङ्गानाले जानकारी दिनुभयो । सम्मेलनमा विज्ञान, प्रविधि, शिक्षा, स्वास्थ्यलगायत चार विषयमा अनुसन्धानकर्ताले कार्यपत्र प्रस्तुत गर्नेछन् । सोमबारसम्म सञ्चालन हुने सम्मेलनमा करीव ४०० युवा वैज्ञानिकको सहभागिता छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक