असार २९, काठमाडौं । सुनको मूल्य मंगलबार पुनः ९२ हजार ४०० रुपैयाँमा उक्लिएको छ । गत सोमबार प्रतितोला २०० रुपैयाँले घटेर ९२ हजार २०० मा झरेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २०० रुपैयाँले बढेर ९२ हजार ४०० रुपैयाँ पुगेको हो । यस दिन तेजाबी सुन समेत गत सोमबारको तुलनामा प्रतितोला २०० रुपैयाँले नै बढेर ९१ हजार ९०० रुपैयाँ कायम भएको छ ।