१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

उपभोक्ता मुद्रास्फिति ४.१९ प्रतिशतमा सीमित

३१ असार २०७८, बिहीबार ०९:०३

असार ३१, काठमाडौं। चालु आर्थिक वर्षको ११औँ महिनामा उपभोक्ता मुद्रास्फिति ४.१९ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार २०७७ जेठमा ४.५४ प्रतिशत रहेको उपभोक्ता मुद्रास्फिति गत जेठमा ०.३५ प्रतिशतले घटेर ४.१९ कायम भएको हो ।

केन्द्रीय बैंकका अनुसार गत जेठ मसान्तमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फिति ६.२२ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फिति २.६३ प्रतिशत रहेको छ । विसं २०७७ जेठको तुलनामा २०७८ जेठमा घ्यू तथा तेल, सुर्तीजन्य पदार्थ, गैर–मदिराजन्य पेय पदार्थ र यातायात उपसमूहको मूल्यवृद्धि क्रमशः ३०.९८ प्रतिशत, ९.८४ प्रतिशत, ९.८१ प्रतिशत र ९.७० प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा तराई क्षेत्रमा मूल्यवृद्धि बढी देखिएको छ । बैंकका अनुसार जेठमा काठमाडौँ उपत्यकामा ३.८७ प्रतिशत मुद्रास्फिति रहँदा तराईमा भने ४.४७ प्रतिशत छ । यस्तै पहाडमा ४.३२ प्रतिशत र हिमालमा १.७२ प्रतिशत मुद्रास्फिति रहेको छ । विसं २०७७ जेठमा यी क्षेत्रमा क्रमशः ४.४३ प्रतिशत, ४.८६ प्रतिशत, ४.१३ प्रतिशत र ४.३४ प्रतिशत मुद्रास्फिति  थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह