१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जोखिमपूर्ण बन्दै भीमदत्त राजमार्ग

३१ असार २०७८, बिहीबार ०९:१०

असार ३१, अमरगढी (रासस)। सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको प्रमुख मार्ग भीमदत्त राजमार्ग जोखिमपूर्ण बन्दै गएको छ । रार्जमार्गका मोड सुधार योजनाले सडकमा पहिरो र हिलाम्य भएकाले पहाडी जिल्लाको प्रमुख भीमदत्त राजमार्ग जोखिम पूर्ण बन्दै गएको हो ।

ठेकेदारले असारको मुखमा मात्र काम गर्ने प्रवृत्तिले सडकका बीच–बीचमा ठूला–ठूला धान रोप्नेजस्ता हिलाम्य खाल्डाका कारण सडक जीर्ण हुँदा यातायात सञ्चालनमा जोखिम बढेको चालक इन्द्र ऐरीले बताउनुभयो । राजमार्गका हगुल्टे, साहुखर्क र भत्काँडा क्षेत्रमा सडकका बीचबीचमा हिलाम्य हुँदा उक्त क्षेत्रमा यातायात सञ्चालनमा जोखिम बढेको छ ।

सडक डिभिजन कार्यालय कुलपाते डोटीका डिभिजन प्रमुख सुदर्शन कार्कीले बन्दाबन्दीले तोकिएको समयमा काम गर्ने समस्या भएकाले तीव्रगतिमा काम नभएको बताउनुभयो । आगामी आवको असोजसम्म सडक मोड सुधार कार्यक्रम सम्पन्न गरिने उहाँले जानकारी दिनुभयो ।

पटक–पटकको वर्षाले सडकमा माटो पानी मिसिएकाले कालोपत्र उप्किएर राजमार्गका बीच–बीचमा खाल्डाखुल्डी परेका छन् । साँघुरोलगायत कारण वर्षाले माथिबाट माटो झर्दा हिलाम्य हुँदै  बीच सडकमा खाल्डाखुल्डी हुँदा दुर्घटनाको जोखिम बढेको चालक बताउँछन् ।  साविकको सुदूरपश्चिमका पहाडी जिल्लालाई तराईका जिल्लासँग जोड्ने एक मात्र यस राजमार्गमा सवारी साधनको अत्यधिक चाप हुने गरेको छ । 

अत्यधिक वर्षाले सडककोे ४० प्रतिशत काम बाँकी रहेको सडक डिभिजन कार्यालय कुलपातेले जनाएको छ । अहिले सडकको अवस्था जीर्ण हुँदा तथा वर्षायाममा एक महिना राजमार्ग हिलाम्य हुने र सडक चिप्लो हुँदा दुर्घटनाको जोखिम रहेको चालकको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह