१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तीन स्थानीय तह जहाँ अझै पुगेनन् वाणिज्य बैंक

३१ असार २०७८, बिहीबार ०९:२०

असार ३१, काठमाडौं। तीन स्थानीय तहमा अझै वाणिज्य बैंकको शाखा पुग्न सकेका छैनन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरको चालू आर्थिक वर्षको एघार महिना (गत साउनदेखि जेठ मसान्तसम्म) को तथ्याङ्कअनुसार तीन स्थानीय तहमा अझै वाणिज्य बैंकका शाखा पुग्न नसकेका हुन् ।

बैंकका अनुसार हालसम्म ७५० स्थानीय तहमा मात्रै बैंकिङ पहुँच पुगेको छ । कूल ७५३ स्थानीय तहमध्ये २०७८ जेठसम्म ७५० मा वाणिज्य बैंकका शाखा विस्तार भएका छन् । विसं २०७७ जेठसम्म ७४६ स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका थिए ।

वाणिज्य बैंक नपुगेका स्थानीय तहमा धादिङको रुवीभ्याली गाउँपालिका, जाजरकोटको जुनिचाँदे गाउँपालिका र बझाङको साइपाल गाउँपालिका छन् । जेठ मसान्तमा हाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाको सङ्ख्या १३८ रहेको छ । त्यसमध्ये २७ वाणिज्य बैंक, १८ विकास बैंक, २० वित्त कम्पनी, ७२ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक सञ्चालनमा छन् ।

२२० बैंक तथा वित्तीय संस्था मर्ज

बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को जेठसम्म २२० बैंक तथा वित्तीय संस्था मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् । वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराएपश्चात् २०७८ जेठ मसान्तसम्म कूल यसमध्ये १६६ संस्थाको इजाजत खारेज हुन गई ५४ संस्था कायम भएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह