१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मैलुङ खोलाको आईपीओ साउन १४ गतेदेखि बिक्रीमा आउँदै

६ श्रावण २०७८, बुधबार १०:२७

साउन ६, काठमाण्डौं । मैलुङ खोला जलविद्युत कम्पनीले सर्वसाधारणका लागि साउन १४ गतेदेखि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो ।

कुल निष्काशनमा आउने शेयरमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । बाँकी ६ लाख ८४ हजार ७४६ कित्ता शेयर खरीदका सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

कम्पनीको आईपीओमा लगानीकर्ताले मेरो शेयरको मोबाइएल एप तथा वेवसाइट तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट साउन १८ गतेसम्म आवेदन दिन सक्नेछन् । सो शेयरमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताका लागि आवेदन गर्ने व्यवस्था छ । यद्यपी ६८ हजार जनाले मात्र शेयर पाउने हुँदा १० कित्ताको आवेदन नै प्रयाप्त हुने देखिन्छ ।

आईपीओ निष्काशनका लागि कम्पनीले केयर रेटिङ्ग नेपाल मार्फत साख मूल्याङ्कन गराएको छ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डि इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । डि इस्यूअर रेटिङ्गले कम्पनीले वित्तीय दायित्व पूरा नगरेको वा छिटै पूरा गर्न नसक्ने जनाउँदछ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

कम्पनीको जारी पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ रहेको छ । कम्पनीमा ७० प्रतिशत शेयर संस्थापक समुहको, स्थानीय बासीन्दाका लागि १० प्रतिशत र सर्वसाधारणका लागि २० प्रतिशत शेयर स्वामित्व संरचना रहेको छ । जसमध्ये २५ करोड ७७ लाख रुपैयाँ संस्थापक शेयरधनीबाट चुक्ता भईसकेको छ । ६ मेगावाट विद्युत उत्पादन क्षमता रहेको यो आयोजना रसुवा जिल्लाको डाँडागाउँमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह