१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्सेमा झिनो सुधार, बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब

१८ श्रावण २०७८, सोमबार १२:१६

साउन १८, काठमाडौँ | धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०६ बिन्दुले उकालो लागेर तीन हजार ८५.०७ मा पुगेको छ । 

कारोबारका आधारमा अरुण काबेली पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३७ करोड ७५ लाख ४७ हजार ६५० बराबरको कारोबार भयो । यस्तै, युनिभर्सल पावर रु ३५ करोड ४८ लाख ५२ हजार ५१८, फस्ट माइक्राफाइनान्स रु ३४ करोड तीन लाख ५४ हजार ३९८, नागरिक लगानी कोष रु ३२ करोड १९ लाख ७९ हजार ८३७ र रिडी हाइड्रोपावर रु २८ करोड ८६ लाख ९२ हजार ४६६ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार घलेम्दी हाइड्रोपावरको शेयर १० प्रतिशतले वृद्धि हुँदा सकारात्मक सर्किट लाग्यो । गुराँस लघुवित्त ९.९८, फस्ट माइक्रोफाइनान्स ९.०९, युनिभर्सल पावर ९ र आँखु खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले ८.४२ प्रतिशतले कमाए । यस्तै, नेपाल हाइड्रो डेभलपर ५.३३, युनाइटेड इदी मर्दी हाइड्रोपावर ५.०७, लक्ष्मी इक्विटी फण्ड ४.७८, हिमालयन पावर पार्टनर ४.८० र बरुण हाइड्रोपावरका लगानीकर्ताले ३.८८ प्रतिशतले गुमाए । 

कूल २२६ कम्पनीको दुई करोड १८ लाख ९४ हजार २०९ कित्ता शेयर रु १० अर्ब ९८ करोड ३५ लाख ९९ हजार ९४ मूल्यमा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ४२ खर्ब ९८ अर्ब ११ करोड ७१ लाख ७६ हजार ९६६ बराबर पुगेको छ । 

कारोबार भएका १३ उपसमूहमध्ये सोमबार पाँच उपसमूहको शेयर परिसूचक उकालो लागेको छ भने आठ उपसमूहको ओरालो लागेको छ । लघुवित्त उपसमूह २.२२ प्रतिशत, लगानी उपसमूह १.७ प्रतिशत, उत्पादन ०.६३ प्रतिशत, वित्तको ०.३४ प्रतिशत र बैंकिङको ०.०९ प्रतिशत बढेको छ । कारोबारमा आएका व्यापार, होटल तथा पर्यटन र विकास बैंक उपसमूहको परिसूचक घटेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह