२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सामाजिक सुरक्षा कोषमा आवद्ध हुन बैंकहरुलाई दबाब नदिन सर्वोच्चको अन्तरिम आदेश [पूर्णपाठ]

२०७८, २० श्रावण बुधबार ०४:२९

साउन २०, काठमाडौं । सर्वोच्च अदालतले बैंकहरू सामाजिक सुरक्षा कोषमा आवद्ध हुन बाध्यकारी नहुने अन्तरिम आदेश जारी गरेको छ । मंगलवार सर्वोच्चको पूर्ण इजलासले स्वेच्छिकबाहेक सूचीकृत हुन बाध्य नपार्न कोषका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

न्यायाधीश अनिल कुमार सिन्हा, डा. कुमार चुडाल, नहकुल सुवेदी सम्मिलित पूर्ण इजलासले मुद्दाको अन्तिम टुंगो नलागेसम्मका लागि सूचीकृत हुन बाध्य नपार्न आदेश दिएको छ । माछापुच्छ्रे बैंक लिमिटेड कर्मचारी संघको तर्फबाट दायर रिटमा कोषमा सूचीकृत हुँदा कर्मचारीले खाइपाई आएको वा उपभोग गर्न पाउने सुविधामा मर्का पर्ने गरी घट्ने दाबी गरिएको थियो ।

सर्वोच्चले बैंकलाई सूचीकृत हुन बाध्य पार्ने गरी भएका पत्राचार, जारी विज्ञप्ति कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।  निवेदनमा उठाइएका विषयवस्तुको प्रकृति र गम्भीरता हेर्दा प्रस्तुत निवेदन छिटो निरुपण हुनुपर्ने आवश्यकता रहेकोले लिखित जवाफ परे वा नाघेपछि सोको ४५ दिनभित्र पूर्ण सुनुवाइका लागि पेशी चढाउनु भनी आदेश दिएको छ । 





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध