१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल बंगलादेश बैंकको नाफा ८४ प्रतिशतले बढ्यो, खुद ब्याज आम्दानीमा गिरावट

२४ श्रावण २०७८, आईतवार ०६:१७

साउन २४, काठमाडौं । नेपाल बंगलादेश बैंकले ८४.१६ प्रतिशतले नाफा बढाएको छ। बैंकले आइतबार गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा २ अर्ब २९ करोड २५ लाख रुपैयाँ भएको जनाएको छ।

बैंकको अघिल्लो आर्थिक बर्ष खुद नाफा एक अर्ब २४ करोड ४८ लाख रुपैयाँ थियो। बैंकको नाफामा ब्याज आम्दानीले खासै योगदान भने गरेको छैन। बैंकले अन्य आम्दानी बढाएर नै नाफामा सुधार गरेको हो।

वित्तीय विवरण अनुसार, खुद ब्याज आम्दानी ७.५ प्रतिशतले घटेको छ। बैंकले गत बर्ष खुद ब्याज आम्दानी २ अर्ब ६३ करोड रुपैयाँ मात्र गरेकोछ । बैंकको खुद नाफामा खुद ब्यापार आम्दानीक योगदान ठूलो छ। बैंकले आफ्नो स्वामित्वमा रहेको विभिन् कम्पनीको सेयर बिक्री गरेर नाफामा योगदान गरेको छ। बैंकको खुद ब्यापार आम्दानी १६९ प्रतिशतले बढेको छ।

अघिल्लो बर्ष २२ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको बैंकले यसपाली ६१ कोड ५६ लाख रुपैयाँ आम्दानी गरेको छ। पछिल्लो त्रैमास अथर्थात बैशाखदेखि असारसम्म मात्र ३८ करोड ६६ लाख पैयाँ यसैबाट कमाएको छ। यसपाली नाफा बढ्नुमा प्रोभिजनिङको पनि योगदान रहेकोछ, खासगरी घटेका कारण। बैंकले ८० करोडको प्रोभिजनिङलाई २७ करोडमा झारेको छ। योभनेको बैंकको ऋण बिग्रिने क्रम रोकिएको छ। 

बैंकले ऋण १६ प्रतिशतले बढँएरु ६८ अर्ब ४८ करोड पुर्याएको छ भने भन निक्षेप ३१ प्रतिशतले बढेर ८७ अर्ब १२ करोड रुपैयाँ पुगेको छ। बैंकको आधा दर ७.४१ प्रतिशतमा झरेको छ भने स्प्रेड ३.५५ प्रतिशतमा आएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह