२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल बंगलादेश बैंकको नाफा ८४ प्रतिशतले बढ्यो, खुद ब्याज आम्दानीमा गिरावट

२०७८, २४ श्रावण आईतवार ०६:१७

साउन २४, काठमाडौं । नेपाल बंगलादेश बैंकले ८४.१६ प्रतिशतले नाफा बढाएको छ। बैंकले आइतबार गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा २ अर्ब २९ करोड २५ लाख रुपैयाँ भएको जनाएको छ।

बैंकको अघिल्लो आर्थिक बर्ष खुद नाफा एक अर्ब २४ करोड ४८ लाख रुपैयाँ थियो। बैंकको नाफामा ब्याज आम्दानीले खासै योगदान भने गरेको छैन। बैंकले अन्य आम्दानी बढाएर नै नाफामा सुधार गरेको हो।

वित्तीय विवरण अनुसार, खुद ब्याज आम्दानी ७.५ प्रतिशतले घटेको छ। बैंकले गत बर्ष खुद ब्याज आम्दानी २ अर्ब ६३ करोड रुपैयाँ मात्र गरेकोछ । बैंकको खुद नाफामा खुद ब्यापार आम्दानीक योगदान ठूलो छ। बैंकले आफ्नो स्वामित्वमा रहेको विभिन् कम्पनीको सेयर बिक्री गरेर नाफामा योगदान गरेको छ। बैंकको खुद ब्यापार आम्दानी १६९ प्रतिशतले बढेको छ।

अघिल्लो बर्ष २२ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको बैंकले यसपाली ६१ कोड ५६ लाख रुपैयाँ आम्दानी गरेको छ। पछिल्लो त्रैमास अथर्थात बैशाखदेखि असारसम्म मात्र ३८ करोड ६६ लाख पैयाँ यसैबाट कमाएको छ। यसपाली नाफा बढ्नुमा प्रोभिजनिङको पनि योगदान रहेकोछ, खासगरी घटेका कारण। बैंकले ८० करोडको प्रोभिजनिङलाई २७ करोडमा झारेको छ। योभनेको बैंकको ऋण बिग्रिने क्रम रोकिएको छ। 

बैंकले ऋण १६ प्रतिशतले बढँएरु ६८ अर्ब ४८ करोड पुर्याएको छ भने भन निक्षेप ३१ प्रतिशतले बढेर ८७ अर्ब १२ करोड रुपैयाँ पुगेको छ। बैंकको आधा दर ७.४१ प्रतिशतमा झरेको छ भने स्प्रेड ३.५५ प्रतिशतमा आएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध