२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आज १४ अर्ब ३० करोडको शेयर कारोबार, यी हुन् सर्वाधिक कारोबार भएका कम्पनीहरु

२०७८, २४ श्रावण आईतवार १०:०२

साउन २४, काठमाडौँ । आज शेयर बजार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज शेयर बजार ० दशमलव ६६ अंकले बढेर ३,१०८ दशमलव १३ को विन्दुमा कायम भएको छ । आज ८२ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ९७ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २२७ वटा कम्पनीको २ करोड ६९ लाख ९६ हजार ३१३ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ३० करोड ८१ लाख ३६ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।कारोबारमा जलविद्युत समूहको उपसूचक ११५.०५, विकास बैंक ६६.३७, फाइनान्स कम्पनी समूहको उपसूचक २१.८९ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै अपि पावर कम्पनीको ८१ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, आज अरुण भ्याली हाइड्रोपावर कम्पनीको ६० करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । युनिभर्सल पावर कम्पनीको ४५ करोड ८१ लाख, ङादी ग्रुपको ४९ करोड ४७ लाख, बुटवल पावर कम्पनीको ३८ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।


आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक, अपि पावर कम्पनी, युनिभर्सल पावर कम्पनी, जीवन विकास लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, यूनियन लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, एनआइसी एशिया ८३ ८४ का इकाईधनीले सबैभन्दा धेरै प्रतिशतका दरले गुमाएका छन् । कम्पनीका इकाईधनीले ७ दशमलव ३७ प्रतिशतका दरले गुमाएका छन् । गुराँस लघुवित्तका लगानीकर्ताले ४ प्रतिशतभन्दा बढीको दरले गुमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी