७ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रोजगारी सिर्जना गर्न बिना धितो सहुलियतपूर्ण ऋण कार्यक्रम

२६ श्रावण २०७८, मंगलवार ०७:२३

पुरुषोत्तम सुवेदी/अञ्जली थापा। साउन २५, काठमाडौँ । वाग्मती प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७८/७९ मा उत्पादन तथा रोजगारी सिर्जनाका लागि विना धितो सहुलियतपूर्ण ऋणको व्यवस्थापन कार्यक्रमलाई निरन्तरता दिएको छ ।

वाग्मती प्रदेशअन्तर्गत आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार चालू आवमा सहुलियतपूर्ण ऋण लगानीका लागि क्षेत्रगत रुपमा विभाजन गरी कूल रु दुई अर्ब रकम लगानी गर्ने योजना बनाएर बजेट विनियोजन गरिएको हो । प्रदेश सरकारले गत आव २०७७/७८ बाट सो कार्यक्रम शुरुआत गरेको थियो । सर्वसाधारण जनताको लागि जीविकोपार्जनतर्फ टेवा पुगोस् भन्ने उद्देश्यले ल्याइएको सहुलियत ऋण लगानी व्यवस्थापन कार्यक्रमलाई थप प्रभावकारी रुपमा अघि बढाउन निरन्तरता दिइएको आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । 

कार्यक्रम अनुसार कृषि व्यवसायसम्बन्धी उत्पादन, प्रशोधन, भण्डारण र बजारीकरण, उद्योग व्यवसाय, पर्यटन प्रवद्र्धन, महिला उद्यमशीलता, दलित समुदाय व्यवसाय र फोहरमैला व्यवस्थापनतर्फ ऋण उपलब्ध गराइने छ ।  ऋण प्रवाह हुने परियोजना नै सुरक्षित रहने गरी ऋण वा परियोजना  धितो राखेमा बढीमा रु १० लाखसम्म ऋण उपलब्ध गराइने छ । 

युवा उद्यमीलाई लक्षित गरी उत्पादन तथा रोजगारी सिर्जनाको लागि सहुलियतपूर्ण ऋण लगानी कार्यक्रमलाई यस वर्ष निरन्तरता दिइएको छ । प्रदेश सरकारले १३ वटै जिल्लामा रहेका कृषि विकास बैंक लिमिटेडमार्फत युवा उद्यमीलाई सहुलियतअन्र्तगत तीन प्रतिशत ब्याज दरमा ऋण लगानी गर्नेछ ।  २१ वर्षदेखि ४० वर्ष उमेर समूहका व्यक्ति वा सो उमेर समूह मिलेर बनेको समूहले सञ्चालन गर्ने फर्म, कम्पनी वा संस्थालाई सहुलियतपूर्ण ऋण लगानी गरिने छ । 

जसअनुसार विभिन्न व्यावसायिक क्षेत्रका लागि एक युवा उद्यमी वा युवा मिलेर बनेको समूहलाई बढीमा पाँच वर्षको लागि वार्षिक तीन प्रतिशत ब्याजदरमा अधिकतम रु २० लाखसम्म ऋण उपलब्ध गराउने कार्यक्रम रहेको आर्थिक मामिला तथा योजना मन्त्रालयका योजना बजेट तथा कार्यक्रम महाशाखाले जनाएको छ  ।  

कार्यक्रमअनुसार प्रदेश सरकारले कृषि व्यवसायसम्बन्धी उत्पादन, प्रशोधन, भण्डारण र बजारीकरणसम्बन्धी, उद्योग व्यवसाय, पर्यटन प्रवद्र्धन, व्यापार व्यवसाय, वन तथा वातावरणजन्य उद्योग, महिला उद्यमशीलता, वन तथा वातावरण क्षेत्र, महिला तथा दलित समुदाय विकासको क्षेत्र र फोहरमैला व्यवस्थापनतर्फ ऋण लगानी गर्ने योजना छ । 

मन्त्रालयले सहुलियतपूर्ण ऋण लगानीका लागि क्षेत्रगत रुपमा  क्रमश कृषि व्यवसाय, उद्योग व्यवसाय, पर्यटन प्रवद्र्धन, व्यापार व्यवसाय, वन तथा वातावरण र महिला तथा दलित सुरक्षा विकासको ऋण गरी फरक फरक क्षेत्रमा सहुलियतपूर्ण ऋण लगानी गर्ने मन्त्रालयको रणनीति छ । 

चालू आवमा सहुलियतपूर्ण ऋणमध्ये सबैभन्दा बढी कृषि व्यवसायको क्षेत्रतर्फ एक हजार ६०० किसानको लागि रु ४७ करोड ८९ लाख ६१ हजार र सबैभन्दा कम वन तथा वातावरण क्षेत्रतर्फ एक जनाको लागि दुई लाख लगानी गर्ने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ । वाग्मती प्रदेशभित्र ६५ वटा कृषि विकास बैंक लिमिटेडको शाखा कार्यालय र साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २५१ शाखा कार्यालयमार्फत ऋण लगानी कार्यक्रमलाई निरन्तरता दिने मन्त्रालयको योजना छ । 

जसअन्तर्गत यस वर्ष कृषि व्यवसायको क्षेत्रतर्फ प्रदेशका एक हजार ६०० किसानको लागि रु ४७ करोड ८९ लाख ६१ हजार, उद्योग व्यवसायको क्षेत्रतर्फ ४६ जना उद्यमीको लागि रु एक करोड ४१ लाख ९९ हजार, पर्यटन प्रवद्र्धन क्षेत्रतर्फ ११ जना उद्यमीको लागि ४५ लाख ५० हजार तथा व्यापार व्यवसाय क्षेत्रतर्फ ४९४ जनाको लागि रु १० करोड ५१ लाख १५ हजार छट्याइएको छ ।

चालू आव २०७८/७९ मा त्यसैगरी वन तथा वातावरण क्षेत्रतर्फ एक जनाको लागि रु दुई लाख, महिला तथा दलित सुरक्षा विकासको ऋणको क्षेत्रतर्फ रु २० लाख ५० हजार गरी कूल रु ६० करोड ५० लाख ७५ हजार छुट्याइएको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विपक्षी दलका नेताहरूले भेटे राष्ट्रपति पौडेललाई ओलीको पुतला दहन रोक्न नसकेका चितवनका सीडीओ र एसपी तानिए बचतकर्ताको बचत फिर्ता गर्नको लागि सहकारी प्राधिकरण ऐन तर्जुमा गरिने छ : प्रधानमन्त्री हामीले बिग्रेको हालतबाट सम्हालेको सरकार, धेरै राम्रो काम गरेका छौं : परराष्ट्रमन्त्री राणा राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड युवक मृत भेटिएको घटनाः भारतीय नागरिक गुप्ता पक्राउ, श्रीमती पनि प्रहरी हिरासतमै सवारी दुर्घटनामा एकको मृत्यु सरकारका सय दिने उपलब्धि सुनाउँदै ओलीले के भने ? (पूर्णपाठ) कुशलको ब्याटिङ वरियतामा ३१ स्थान सुधार, अरुको कति? एमालेलाई मीनबहादुरको जग्गादान प्रकरण सर्वोच्चमा, भोलि पेसी गठबन्धन बैठकमा अध्यादेशबारे प्रधानमन्त्री ओली- आवश्यक परे ल्याउन सकिन्छ, तर अहिले तयारी छैन श्रम मन्त्रालयमा भण्डारीको १०० दिनः के–के भए काम ? सत्तारुढ दलको बालुवाटार बैठकमा कसले के भने ? रवि लामिछानेको बयान : “सूर्यदर्शन सहकारीबाट ऋण लिएको छैन, मेरो नामको खाताबारे अनभिज्ञ छु” पोखरेलीको घरदैलोमा रास्वपा, आफूहरूलाई धम्काएको बचतकर्ताको आरोप (विज्ञप्तिसहित) लगातार सातौँ दिन पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, आज कतिमा भइरहेको छ किनबेच ? उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भारतको स्याटेलाइट इन्टरनेट बजारमा एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?