१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विद्यार्थी र उद्यमीसँग सम्बन्ध विस्तारका लागि रोजगार मेला

२८ श्रावण २०७८, बिहीबार ०९:४२

साउन २८, काठमाडौँ (रासस)। एड्भान्स्ड कलेज अफ इञ्जीनियरिङ एण्ड म्यानेजमेन्टले विद्यार्थी र उद्यमीसँग सम्बन्ध विस्तारका लागि भर्चुअल माध्यमबाट रोजगार मेला आयोजना गरेको छ । 

मेरो जबसँगको सहकार्यमा आयोजित उक्त कार्यक्रमको आज नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले उद्घाटन गर्नुभयो । सो अवसरमा अध्यक्ष अग्रवालले कोभिड–१९ महामारी तथा अन्य व्यवधानका बाबजुद व्यावसायिक गतिविधि उज्ज्वल देखिएकाले यस किसिमका मेलाहरू बढाउन आग्रह गर्नुभयो ।


कार्यक्रममा स्टार्स स्कलर्स नेटवर्कका अध्यक्ष प्राडा उत्तम गौलीले विविधतापूर्ण नेटवर्कका माध्यमबाट उनीहरूको भविष्य निर्धारण गरी बजारमा स्थापित हुन सहयोग पुग्ने बताउनुभयो ।  मेरो जबका संस्थापक तथा प्रबन्ध निर्देशक शैलेन्द्रराज गिरीले वैयक्तिक विवरण लेखन, अन्तर्वार्ता तथा सामूहिक छलफलको मूल्यमाथि केन्द्रित रहन मेला एक अवसर हुने बताउनुभयो ।

स्वतन्त्र विद्युत् उत्पादक सङ्घ नेपालका कार्यकारी समिति सदस्य अभिज्ञा मल्लले वर्तमान उद्योगहरूको प्रभावकारी, उत्पादनशील र परिणाममुखी प्रकृतिका मागप्रति प्रत्येक विद्यार्थी सचेत हुनुपर्ने बताउनुभयो । एड्भान्स्ड कलेजका कार्यकारी निर्देशक कपिलदेव रेग्मीले एड्भान्स्ड कलेज र उद्योगहरूबीच अनन्त सम्बन्ध कायम गर्न मेला आयोजना गरिएको जानकारी दिनुभयो ।

सो कलेजका प्रिन्सिपल लोचनलाल अमात्यले आगामी दिनमा समेत उनीहरूको महत्वपूर्ण सहयोगको अपेक्षा गर्दै उनले यो भर्चुअल जब मेला उद्योगको मागअनुसार एड्भान्स्ड कलेजका विद्यार्थीको सीप विकास गर्ने प्रयास रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह