२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विभिन्न विधाका ६ पत्रकारलाई पुरस्कृत गरिने

२०७८, २९ श्रावण शुक्रबार ०४:२४

साउन २९, काठमाडौँ । नेपाल पत्रकार महासङ्घ एशोसिएट प्रदेश समितिले विभिन्न विधाका छ पत्रकारलाई ‘सङ्कटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार प्रदान गर्ने भएको छ । समितिका महासचिव रोयल आचार्यले बिहीबार साँझ एक विज्ञप्ति जारी गरी आर्थिक, फोटो, चलचित्र, खेलकुद, राजनीतिक र कार्टुन पत्रकारितामा सक्रिय पत्रकारलाई ‘सङ्कटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार प्रदान गर्न लागेको बताउनुभएको हो । 

समितिले चलचित्र पत्रकारितामा रीना मोक्तान, आर्थिक पत्रकारितामा मेनुका कार्की, खेलकुद पत्रकारितामा जीतबहादुर साउद, सामाजिक÷राजनीतिक पत्रकारितामा गोविन्द मरासिनी, कार्टुन पत्रकारितामा विरोचन मल्ल ठकुरी र फोटो पत्रकारितामा चन्द्रबहादुर आलेलाई पुरस्कारसहित सम्मान गर्न लागेको हो । 

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि ज्यानको बाजी राखेर निरन्तर पत्रकारिता क्षेत्रमा सक्रिय पत्रकारलाई रु १० हजारसहितको सक्रिय पत्रकारिता पुरस्कार प्रदान गर्न लागिएको होे । 

उक्त पुरस्कारले पत्रकारलाई निरन्तर काममा लाग्न प्रोत्साहन मिल्ने समितिका महासचिव आचार्यको भनाइ छ । पुरस्कार छनोटका लागि छवटै विधासँग सम्बन्धित संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । उक्त पुरस्कार आगामी असोज १ गते हुने एशोसियट प्रदेशको राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा प्रदान गरिने महासचिव आचार्यले बताउनुभयो । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी