१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से ओरालो, कारोबारमा कीर्तिमान

३१ श्रावण २०७८, आईतवार १३:१६

साउन ३१, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटे पनि कारोबार रकममा भने नयाँ कीर्तिमान कायम भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २४.५७ अङ्कले घटेर तीन हजार १५४.३३ मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९० बिन्दुले घटेर ५८९.२८ मा पुगेको छ । कूल २२२ कम्पनीको तीन करोड ५५ लाख ५० हजार ६८८ कित्ता शेयर रु २१ अर्ब ६४ करोड ७६ लाख ६५५ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर उकालो लागेको छ भने १० उपसमूहको शेयर भने ओरालो लागेको छ । उत्पादन १६०.२३, लघुवित्त ११५.१२ र लगानी ०.६६ बिन्दुले उकालो लागेको छ । यस्तै, बैंकिङ ७.१५, व्यापार ३६.५, होटल तथा पर्यटन ६६.०४, विकास बैंक १६०.१३, जलविद्युत् १५७.४१, वित्त ८७.०५, निर्जीवन बीमा २२४.६२, अन्य ४०.१४, जीवन बीमा १९१.१२ र सामुूहिक लगानी कोष ०.१३ बिन्दुले घटेको छ ।

कारोबारका आधारमा आज नेपाल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु एक अर्ब पाँच करोड ४६ लाख ७८ हजार ८१५ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी रु ७९ करोड २५ लाख ४२ हजार ८३१, अपि पावर कम्पनी रु ७० करोड २७ लाख १८ हजार ६८५, रिडी हाइड्रोपावर रु ५९ करोड ४७ लाख ४५ हजार ५९९ र अरुण भ्याली हाइड्रोपावर रु ५७ करोड ६० लाख ६७ हजार ४०३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

तीन कम्पनीको शेयरमा सर्किट

नेप्से ओरालो लागे पनि आज तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । खानीखोला हाइड्रोपावर,जीवन विकास लघुवित्त र यूनियन लाइफ इन्स्योरेन्सको शेयरमा १० प्रतिशतले वृद्धि हुँदा सकारात्मक सर्किट लागेको छ । यस्तै आइसिएफसी फाइनान्स ९.५६ र मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकका शेयरधनीले ८.९७ प्रतिशतले कमाएका छन् ।

यसैगरी, एनआइबिएल प्रगति फण्ड ८.५४, रिडी हाइड्रोपावर ८.५२, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी ७.८८, रसुवागढी हाइड्रोपावर ६.३४ र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीका लगानीकर्ताले ६.०७ प्रतिशतले गुमाए । साताको पहिलो दिनको कारोबारपछि बजार पूँजीकरण रु ४४ खर्ब छ अर्ब सात करोड ९८ लाख ३१ हजार ८३१ बराबर पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह