१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्सेमा झिनो सुधार, कारोबार रकम १५ अर्ब ९३ करोड

३२ श्रावण २०७८, सोमबार १२:१२

साउन ३२, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । आइतबार दोहोरो अङ्कले ओरालो लागेको नेप्से आज भने सम्हालिएर ५.७२ बिन्दुले बढेर तीन हजार १६०.०५ मा पुगेको छ । 

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.५६ बिन्दुले बढेर ५९२.९३ मा पुगेको छ । कूल २२७ कम्पनीको दुई करोड ८६ लाख १७ हजार ८०५ कित्ता शेयर रु १५ अर्ब ९३ करोड आठ लाख ९७ हजार ९३८ मूल्यमा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ४४ खर्ब १४ अर्ब ११ करोड १० लाख पाँच हजार बराबर पुगेको छ । 

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज छ उपसमूहको शेयर ओरालो लाग्यो भने सात उपसमूहको शेयर उकालो लाग्यो । बैंकिङ ११.३३, होटल तथा पर्यटन ३२.७३, वित्त २८.५१, निर्जीवन बीमा ६७.३६, जीवन बीमा १७२.८७ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले घटेको छ । यस्तै, व्यापार ६४.७३, विकास बैंक ७४.७३, जलविद्युत् ४०.१२, उत्पादन १५८.९८, अन्य ३.६, लघुवित्त ५६.८२ र लगानी २.६८ बिन्दुले बढेको छ । 

कारोबारका आधारमा सोमबार नेशनल हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ७४ करोड ९७ हजार ४५६ बराबरको कारोबार भयो । नेपाल बैंक रु ६४ करोड ७० लाख २४ हजार ३२१, एचआइडिसिएल रु ५४ करोड ८४ लाख ७४ हजार ७९६, ङादी ग्रुप अफ पावर रु ४८ करोड ४८ लाख ८६ हजार ६४८, अपि पावर कम्पनी रु ४७ करोड ९७ लाख ३१ हजार ५९४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

पाँच कम्पनीको शेयरमा सर्किट 

नेप्से झिनो अङ्कले बढे पनि विभिन्न पाँच कम्पनीको शेयरमा सकारात्म्क सर्किट लागेको छ । नेशनल हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, रिडी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, जीवन विकास लघुवित्तको शेयरमा १० प्रतिशतको वृद्धि भयो । 

यस्तै, आइसिएफसी फाइनान्स ६.२७, माउण्टेन इनर्जी नेपाल ५.३३, यूनियन लाइफ इन्स्योरेन्स ४.५३, ङादी ग्रुप अफ पावर ४.३३ र नेपाल एसबिआई बैंकका लगानीकर्ताले ३.४१ प्रतिशतले गुमाए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह