२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल स्टक एक्सचेञ्जका कार्यकारी निर्देशक साउदद्वारा गल्ती स्वीकार, के हुन्छ कारवाही ?

२०७८, ३२ श्रावण सोमबार १२:२५

साउन ३२, काठमाडौँ (रासस)। नेपाल स्टक एक्सचेञ्जका कार्यकारी निर्देशक चन्द्रसिंह साउदले सर्वोत्तम सिमेन्टको शेयरका सम्बन्धमा संसदीय समितिले उठाएको प्रश्नलाई स्वीकार्नु भएको छ । बैठकमा सांसदले नियमन निकाय स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी र परिवार नै कारोवारमा संलग्न हुने विषयले समग्र शेयर बजारको काम कारवाहीको निष्पक्षतामाथि प्रश्न उब्जिएको जनाउँदै कानूनी छिद्रलाई देखाई पन्छन पाइँदैन भनी निर्देशक साउदको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रामकुमारी झाँक्रीले भन्नुभयो, “यो आर्थिक अराजकताको पराकास्ट हो । कानूनको कमजोर स्थानमा टेक्ने होइन, उठेका विषय सम्बोधन गरिनुपर्छ । सार्वजनिक पदधारण गर्नेमा आत्मअनुुशासन र नैतिकता हुन पदैन र ?” जवाफमा निर्देशक साउदले भन्नुभयो, “नियम कानूनको परिधिभित्रै रहेर सर्वोत्तम सिमेन्टसँग जोडिएको विषयमा काम भएको हो ।  अहिले मलाई त्यसमा प्रवेश नगरेको भए पनि हुन्थ्यो की भन्ने महसुस भएको छ । अब यस्ता नमूना प्रश्न उब्जन दिइने छैनौँ ।”

सर्वात्तम सिमेन्ट नेप्सेमा आएको सूचीकृत कम्पनी नभएको बताउँदै उहाँले भन्नुभयो, “आगामी दिनमा यस्ता नमूना प्रश्नबाट टाढै रहने प्रतिबद्धता दिलाउन चाहन्छु ।”

नेप्सेले आचारसंहिता र कर्मचारी नियमावलीभित्र रहेर निर्णय गरेको भए पनि समाजबाट आउन सक्ने प्रश्नको पाटोलाई ध्यान दिँदै आगामी दिनमा यस्ता कमी कमजोरीलाई सुधार गरिने कार्यकारी निर्देशक साउदले स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “कानून र नियम हेरी शेयर किनेकै हो । नियमले मात्र हुँदोरहेनछ, हाम्रो पछाडि समाज पनि छ, भन्ने अहिले महसुस भएको छ ।” 

यसअघि बैठकमा सभापति कृष्णप्रसाद दाहालले कतिपय खेलमा नियुक्त गरिएका रेफ्री(निर्णायक) नै खेलमा सहभागी भएमा खेलको निर्णय कसले दिन्छ ? भनी प्रश्न गर्दै सर्वोत्तमसम्बन्धी विषय पनि यस्तै होइन र भनी जिज्ञासा राख्नुभयो । सभापति दाहाले भन्नुभयो, “माननीयज्यूलाई पनि भन्न चाहन्छु आइपिओभन्दा बाहेक शेयरमा संलग्न हुने कुराबाट आफूलाई टाढा राख्नुहोला । हामी पनि नियामक निकायजस्तै भूमिकामा छौँ । हाम्रो पनि नैतिकतासँग जोडिन्छ सचेत गराउन चाहन्छु । 

धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जका विषयमा उठेका प्रश्नबारे अरु नियमक निकाय र अर्थ मन्त्रालयसँग छलफल गरिने गरिने समितिका सचिव डा सुरेन्द्र अर्यालले जानकारी दिनुभयोे । मुलुकमा शेयरको कारोवार गर्ने ९७ निकाय रहेकामा ८० प्रतिशत कारोवार उपत्यकामै रहेका ५० कम्पनीबाट हुँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी