१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से परिसूचक हालसम्मकै उच्च, यी हुन् सर्वाधिक कारोबार भएका कम्पनीहरु

२ भाद्र २०७८, बुधबार १०:०३

भदौ २, काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज नेप्से सूचक ३७.८७ अंकले बढेर ३१९८.१९ को बिन्दुमा पुगेर हालसम्मकै उच्च बिन्दुको रेकर्ड कायम भएको हो ।  यसअघि ३ हजार १ सय ७९ अंकमा पुगेर नेप्सेले नयाँ रेकर्ड कायम गरेको थियो । 

आज कारोबारमा आएका २२८ कम्पनीको ३ करोड ६५ लाख ९ हजार ७ सय ५१ कित्ता शेयर खरिद बिक्रिबाट २१ अर्ब ३१ करोड ३४ लाख ८९ हजर २ सय ६९ रुपैयाँको कारोबार भएको छ । जसमध्ये नेशनल हाइड्रोको मात्र ७८ करोड ८७ लाख बराबरको कारोबार भएको छ । त्यस्तै अपि पावरको ६३ करोड ४६ लाख, लुम्बिनी विकास बैंकको ५९ करोड ७६ लाख, महालक्ष्मी विकास बैंकको ५७ करोड ६९ लाख, तथा ज्योति विकास बैंकको ५६ करोड १५ लाख बराबरको कारोबार भएको छ । 


आज कारोबारमा आएका समुहगत सूचक मध्ये म्युचुअल फण्ड, अन्य र ट्रेडिङ समुह बाहेकका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये विकास बैंक समुह सबैभन्दा  धेरै ५.६१ प्रतिशतले बढेको छ भने फाइनान्स समुह ४.७९ प्रतिशतले बढेको छ । म्युचुअल फण्ड समुह सबभन्दा धेरै १.३९ प्रतिशतले घटेको छ । 

आज कारोबारमा आएका मध्ये अरुण भ्याली हाइड्रो, अरुण काबेली, शिवम सिमेन्ट, जीवन विकास लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने आँखु खोला हाइड्रोको मूल्य ९.९८ प्रतिशत र महालक्ष्मी विकास बैंकको शेयर मूल्य ९.९६ प्रतिशतले बढेको छ । 

त्यस्तै, एसबीएल डिभेञ्चरको शेयरमूल्यमा उच्च गिरावट आएको छ । जसको शेयरमूल्य करिब ६ प्रतिशतले घटेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह