१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सिईओलाई छानविन गरि कारवाही गर्न निर्देशन

४ भाद्र २०७८, शुक्रबार १०:१०

भदौ ४, काठमाडौँ (रारास)। प्रतिनिधिसभा, अर्थ समितिले नेपाल धितोपात्र बोर्ड र नेप्सेका पदाधिकारीले पदीय मर्यादा अनुकूल नहुने गरी गरेको भनिएको शेयर कारोबारका सम्बन्धमा यथाशीघ्र छानविन गरी कारवाही गर्न निर्देशन दिएको छ ।

अर्थमन्त्री जनार्दन शर्मा र अर्थ सचिव मधु मरासिनीसँग बोर्ड र नेप्सेका पदाधिकारीले गरेको शेयर कारोबारका विषयमा जानकारी लिएपछि समितिले अनुचित लाभ लिन गरेको भनिएको उक्त घटनाका सम्बन्धमा कारवाही अघि बढाउन र सोको जानकारी गराउन मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकले पूँजी बजारको दिगो विकास र स्थायित्व कायम गर्दै स्वच्छता, पारदर्शी, सदाचार, नैतिकता साथै जिम्मेवारी र जवाफदेही प्रवद्र्धन गर्न आवश्यक रहेको सुझाव दिएको छ ।

समितिले पुंजी बजार क्षेत्रको सुधारका लागि नीतिगत, कानूनी, संरचनात्मक, व्यवस्थापकीय, प्रविधिगत र कार्यशैलीगत पक्षमा गर्नुपर्ने सुधारको खाका तयार गरी समितिलाई जानकारी गराउन पनि मन्त्रालयलाई निर्देशन पनि दिएको छ ।

यसअघि बैठकमा अर्थमन्त्री  शर्माले धितोपत्र बोड र नेप्सेले गर्ने कामकारवाही नियमन गरी व्यवस्थित तुल्याउने तालुकदार मन्त्रालय भएका नाताले विषय उठ्नेवित्तिकै ध्यानाकषर्ण भई छानविनका लागि समिति गठन गरिएको जानकारी दिनुुभयो ।

उहाँले भन्नुभयो, “कानूनमा रहेका छिद्रलाई मेटाउने तयारी भएको छ, जनताको सम्पत्ति डुब्ने हो कि भन्ने चिन्ता छ, सर्वात्तम सिमेन्टको शेयर कारोबारका विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।”

छानविन समस्या समाधान र जनताको सम्पत्तिको रक्षाका लागि भएको बताउँदै अर्थमन्त्री शर्माले भन्नुभयो, “समस्यालाई टार्न समिति बनाएको हैन, घटनालाई गम्भीरतापूर्वक लिइएकाले  टुङ्गोमा पुर्याइनेछ, प्रतिवेदनका आधारमा दोषीलाई कारवाही हुन्छ ।”

कोरोना सङ्क्रमणपछिको उत्पन्न परिस्थितिका कारण वैकल्पिक लगानीका क्षेत्र बन्द भएपछि शेयरमा जनताको आकर्षण बढेको बताउँदै अर्थमन्त्री शर्माले विद्युत् नियमन आयोगको सूूचना बुझेर मात्र सत्यतथ्य बुझेर मात्र लगानी गर्न सर्वसाधारणलाई आह्वान गर्नुभयो ।

यसअघि बैठकमा सभापति कृष्णप्रसाद दाहालले थोरै पुंजी लिएर प्रवेश गरेका सिधासोझा लगानीकर्ता ठगिने अवस्था अन्त्य गरी पुंजी बजारलाई स्वच्छ, स्वस्थ्य, पारदर्शी र प्राकृतिकरुपमा सञ्चालन गराउन सरकार चनाखो हुन आवश्यक रहेको धारणा व्यक्त गर्नुुभयो ।

समितिमा सदस्यले धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीको शेयर कारोबारसँग जोडिएको प्रकरण नैतिकता र जिम्मेवारीसँग जोडिएकाले त्यसमा संलग्न हुनुु गलत कार्य भएको धारणा राख्नुभयो ।

पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले सम्पत्ति भनेको घर, जग्गा र सुन हो भन्ने हाम्रो मान्यताले पुंजी बजारमा सर्वसाधारण जनताको विश्वास अझै बढ्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “शेयर बजारको विकास स्वभाविक छ वा छैन अनुसन्धान गरिनुपर्छ, कोरोनापछि कतै लगानी गर्ने ठाउँ नभएपछि सबै शेयरमा संलग्न भएको देखिन्छ, यो क्षेत्रलाई पारदर्शी तुल्याउन आवश्यक छ ।” सांसद रामकुमारी झाँक्रीले दुवै निकायका शेयरमा संलग्न पदाधिकारीलाई निलम्बन गरी छानविन गर्न उपयुक्त हुने सुझाव दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह