१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सरकारको बेरुजु ६ खर्ब ७६ अर्ब, गतवर्ष मात्र १ खर्ब ४ अर्ब बेरुजु थपियो

५ भाद्र २०७८, शनिबार १३:१३

भदौ ५, काठमाडौं । महालेखा परीक्षक कार्यालयले आफ्नो ५८औं वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । महालेखा परीक्षक कार्यालयले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई महालेखाको ५८औं वार्षिक प्रतिवेदन २०७८ पेश गरेको हो ।

यसवर्ष संघ सरकार, प्रदेशका सरकारी निकाय र स्थानीय तह, संगठित संस्था, समिति र अन्य संस्थाकोसमेत गरी ५३ खर्ब २७ अर्ब ९१ करोड रुपैयाँ बराबरको लेखापरीक्षण गरिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

सरकारको तगवर्षसम्मको बाँकी बेरुजु ४ खर्ब १८ अर्ब ३२ करोड रुपैयाँ फछ्यौट तथा समायोजन गरिएकोमा १ खर्ब ३ अर्ब ८५ करोड फछ्यौट भएको छ ।आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षणबाट थपिएको १ खर्ब ४ अर्ब ३८ करोड रुपैयाँ बराबर बेरुजु देखिएको छ । अघिल्ला वर्षहरुको बेरुजु र गतवर्षकोसमेत जोड्दा सरकारको कुल बेरुजु ६ खर्ब ७६ अर्ब ४१ करोड रुपैयाँ बराबर पुगेको हो ।

आर्थिक वर्ष २०७६/७७ मा संघ सरकारको ३ हजार ७९ वटा सरकारी निकाय र कार्यालयको १५ खर्ब ५५ अर्ब ८१ करोड रुपैयाँ बराबरको लेखापरीक्षण गरिएकोमा ४४ अर्ब ३९ करोड अर्थात् २.८६ प्रतिशत बेरुजु देखिएको छ ।

त्यस्तै, प्रदेश मातहतका १ हजार १९ वटा निकाय र कार्यालयहरुको २ खर्ब ३७ अर्ब ४१ करोड रुपैयाँ बराबरको लेखापरीक्षण गरिएकोमा ६ अर्ब ५० करोड अर्थात् २.७४ प्रतिशत बेरुजु देखिएको छ ।

५८४ वटा विभिन्न समिति तथा संस्थाको १ खर्ब ६३ अर्ब ५७ करोड रुपैयाँ बराबरको लेखापरीक्षण गरिएकोमा १२ खर्ब ६६ करोड अर्थात् ७.७४ प्रतिशत बेरुजु देखिएको छ । स्थानीय तहको ८ खर्ब १५ अर्ब ९९ करोड रुपैयाँ बराबरको लेखापरीक्षणमा ५ प्रतिशत अर्थात् ४० अर्ब ८३ करोड रुपैयाँ बराबरको बेरुजु रहेको देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह