२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जुम्लाका स्थानीय तहमध्ये सिञ्जा र तिलाको बढी बेरुजु

२०७८, ६ भाद्र आईतवार ०८:४४

भदौ ६, खलङ्गा (रासस)। जुम्लाका आठवटै स्थानीय तहमध्ये सबैभन्दा बढी सिञ्जा र तिला गाउँपालिकाको बेरुजु महालेखापरीक्षकको कार्यालयले देखाएको छ । महालेखापरीक्षकको प्रतिवेदन अनुसार सिञ्जाको १९ दशमलव ०३ प्रतिशत अर्थात रु १२ करोड ६४ लाख २४ हजार बेरुजु रहेको सो प्रतिवेदनमा उल्लेख गरिएको छ । 

सिञ्जापछि तिलाको बेरुजु रकम बढी छ । महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख भएअनुसार तिला गाउँपालिकाको १३ दशमलव ९१ प्रतिशत अर्थात् रु ११ करोड ७५ लाख ६९ हजार छ । यस्तै चन्दननाथ नगरपालिकाको छ प्रतिशत अर्थात् रु पाँच करोड ६६ लाख ८९ हजार छ । कनकासुन्दरी गाउँपालिकाको ५.०१ प्रतिशत अर्थात् रु तीन करोड ३८ लाख १२ हजार, पातारासी गाउँपालिकाको ४.९८ प्रतिशत अर्थात् रु तीन करोड ४८ लाख पाँच हजार बेरुजु देखिएको छ ।

हिमा गाउँपालिकाको १.३१ प्रतिशत अर्थात् ८४ लाख ४३ हजार, गुठीचौर गाउँपालिकाको शून्य दशमलव ८२ प्रतिशत अर्थात् रु ४५ लाख ४९ हजार र तातोपानी गाउँपालिकाको शून्य दशमलव ७३ प्रतिशत अर्थात् ४६ लाख ८५ हजार बेरुजु रहेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कनकासुन्दरी गाउँपालिकाको रु ६७ करोड ५३ लाख ४६ हजार, गुठीचौरको रु ५५ करोड ४८ लाख १० हजार, तातोपानीको रु ६३ करोड ९३ लाख आठ हजार रकम लेखा परीक्षण गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस्तै तिला गाउँपालिकाको रु ८४ करोड ५३ लाख ७८ हजार, पातारासीको रु ६९ करोड ८३ लाख १८ हजार, सिञ्जाको रु ६६ करोड ४४ लाख ३९ हजार, हिमाको रु ६४ करोड ४९ लाख तीन हजार र चन्दननाथ नगरपालिकाको रु ९४ करोड ५५ लाख ५३ हजार रकम लेखापरीक्षण गरिएको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण