१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पुरानो बसपार्कको भ्यूटावर निर्माण ३५ प्रतिशत मात्रै, बसपार्क व्यवस्थापनमा समस्या

९ भाद्र २०७८, बुधबार ०४:४१

शर्मिला पाठक । भदौ ९, काठमाडौँ (रासस)। दृश्यावलोकन स्तम्भ (भ्यूटावर) निर्माणको काम निर्धारित समयमा पूरा नहँदा बसपार्क व्यवस्थापनमा समस्या भएको छ । साविकको बसपार्कलाई अन्यत्र स्थानान्तरण गरी विसं २०७३ साउनबाट निर्माण सुरु गरिएको उक्त टावरको काम अहिले कछुवा गतिमा भइरहेको छ ।

निर्माण सुरु गरिएको पाँच वर्षमा सक्ने गरी थालिएको उक्त काम हालसम्ममा ३५ प्रतिशत मात्र सकिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । निर्माण कम्पनीले समयमै काम सम्पन्न गर्न नसक्दा बसपार्क कहाँबाट सञ्चालन गर्ने भनेर अन्योल थप चुलिएको छ ।

टावर निर्माण भइरहेको स्थानबाट सञ्चालन भएको बसर्पाक खुलामञ्चमा सारिएको थियो । गत वैशाख १६ गतेदेखि उक्त स्थानबाट पनि बसपार्क हटाइएको छ । यातायात व्यवसायीले भने आफूहरुले साविकको स्थानबाटै बसपार्क सञ्चालन गर्न पाउनुपर्ने माग राख्दै आएका छन् । महानगरपालिकाले उपप्रमुख हरिप्रभा खड्गीको संयोजकत्वमा गठित समितिले तत्कालका लागि कामपा भएर चल्ने लामो दूरीको सार्वजनिक सवारी साधन सल्लाघारीबाट सञ्चालन गर्न सुझाएको छ ।

महानगरपालिकाको निजी साझेदारी एकाइका प्रमुख नुरनिधि न्यौपानेका अनुसार कामपाले निर्माणको जिम्मा दिन्न भन्ने अवस्था पनि छैन, जेनतेन काम गरिरहेको छ । सम्झौता भएअनुसार काम हुने हो भने अहिले कम्तीमा पनि ७५ प्रतिशत काम सकिसक्नुपर्ने हो, त्यो अवस्था भने छैन । 

निर्माणको कामअन्तर्गत अहिले पाँचौँ तलाको काम भइरहेको छ । समग्रमा ३५ प्रतिशतभन्दा बढी काम भएको छैन । स्तम्भ निर्माणका लागि महानगरपालिका तथा जलेश्वर, स्वच्छन्द र बिकोइ कम्पनीबीच २०७१ साल फागुन २२ गते सम्झौता गरिएको थियो । सम्झौतानुसार पाँच वर्षभित्र ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म चलाउन पाउनेछन् । 

“भूकम्पपछि निर्माणसम्बन्धी फरक निर्णय हुँदा केही समय काम गर्ने वातावरण थिएन, पछि काम गर्ने वातावरण हुँदा पनि तीव्ररूपमा काम भएको पाइँदैन, अर्को कम्पनीलाई दिइहाल्ने अवस्था पनि छैन, कम्पनीले कामपालाई सुरुको समयदेखि नियमितरूपमा बुझाउनुपर्ने सम्झौताअनुरुपको कर दिइरहेको छ”, न्यौपानेले भन्नुभयो ।

सम्झौतानुसार निर्धारित समयमै काम नसकेमा एकपटक दुई वर्षका लागि समय थप्न मिल्छ । गोरखा भूकम्पपूर्वको योजना स्तम्भ २९ तला बनाउने थियो । भूकम्पपछि भवन निर्माणको मापदण्ड फेरबदल भएकाले पूर्णरूपमा भूकम्प प्रतिरोधात्मक र १२ तलाको बनाउने गरेर काम भइरहेको छ ।

स्तम्भको सबैभन्दा तल्लो तलामा बस पार्किङस्थल रहनेछ । त्यसको माथि दोस्रो तलामा हलुका, गाडीको पार्किङस्थल, व्यवस्थित चलचित्र घर, पौडीपोखरी, खाजाघर, बैंक तथा महानगरपालिकाको वडा कार्यालयसमेत रहनेछन् । स्तम्भका लागि २३ रोपनी पाँच आना जग्गा छुट्याइएको छ । सोमध्ये ४० प्रतिशत भूभागमा स्तम्भ बन्नेछ भने ६० प्रतिशत भाग खाली राखिनेछ । सो अग्लो घर नेपाली कला, संस्कृति झल्किने खालको हुनेछ । 

महानगरपालिका र ठेकेदार कम्पनीबीच भएको सम्झौतानुसार कम्पनीले वार्षिक रु दुई करोड ३५ लाख तिर्नुपर्ने हुन्छ । यो वार्षिक दुई दशमलव पाँच प्रतिशतका दरले बढ्दै जान्छ । निर्माणको जिम्मा पाएको कम्पनीले अहिलेसम्म महानगरपालिकालाई करस्वरुप रु छ करोड बढी बुझाइसकेको छ । पाँच वर्षभित्र सम्पन्न गर्ने गरी २०७२ कात्तिक २५ गते उपराष्ट्रपति नन्दबहादुर पुनबाट भवनको शिलान्यास गरिएको थियो । 

बसपार्क व्यवस्थापनमा समस्या

हाल भ्यूटावर निर्माण भइरहेको स्थानबाट लामो तथा छोटो दूरीका सवारी साधन आवतजावत हुने गरेका थिए । साविक पुरानो बसपार्क काठमाडौँ भ्यूटावर निर्माण भए पनि निर्माणको कामले गति नलिएपछि बसपार्क व्यवस्थापनमा फेरी समस्या भएको छ ।

विसं २०७२ साउनबाट बसपार्कलाई खुल्लामञ्चमा स्थानान्तरण गरिएको थियो । पाँच वर्षमा भ्यूटावर निर्माणको काम सम्पन्न गर्ने र साविकै बसपार्क रहेको स्थानबाट थप व्यवस्थितरूपमा सवारी साधनलाई आवतजावत गराइने भने पनि हालसम्म पनि उक्त टावरको निर्माणको काम सम्पन्न नहुँदा थप समस्या भएको हो ।

खुलामञ्चको बसपार्क सारेर गत वैशाख १६ गतदेखि महानगरपालिकाले त्यस ठाउँका सबै संरचना हटाइसकेको छ । महानगरपालिकाले यहाँबाट सञ्चालन हुने सार्वजनिक सवारीलाई दुई विकल्प दिइएको छ । टिकट काउन्टर राखेर चलेका मध्यम दूरीका गाडी गोङ्गबु बसपार्कबाट सञ्चालन हुनेछन् । यस्तै छोटो दूरीका सवारी साधन पिक एण्ड ड्रप प्रणालीबाट चल्नेछन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह