२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एक दर्जन खाद्य सामग्रीमा नयाँ मिति राख्ने गोदाममा छापा

२०७८, ९ भाद्र बुधबार ०४:४८

भदौ ९, काठमाडौँ (रासस)। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य मिति सकिएका खाद्य सामग्रीमा नयाँ मिति राख्ने गोदाममा सिलबन्दी गरेको छ । काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित अगद नेपाल भेन्चर प्रालीले खाद्य वस्तुमा उपभोग्य मिति तथा मूल्यसम्बन्धी नयाँ लेबल लगाई बिक्रीवितरण गरी अनुचित व्यापारिक क्रियाकलाप गरेको भन्ने गोप्य सूचनाका आधारमा विभाग र नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले संयुक्तरूपमा छापा मारेको हो ।

अनुसन्धानका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत उपभोग गर्ने म्याद समाप्त भएका पास्ता सेबई, कुकिज, चक्लेट, सोयाविन एवं बिस्कुुटलगायतका करिब एक दर्जनजति खाद्य वस्तुमा नयाँ मिति राख्ने गरिएको विभागका प्रवक्ता शिवराज सेढाईंले जानकारी दिनुभयो ।

उहाँका अनुसार लेबल गर्नेसहित दुई वटा भण्डारणस्थल (गोदाम) सिलबन्दी गरेर थप अनुसन्धानका लागि पुनःलेबल गर्ने मेशिन, सो कार्यमा प्रयोग हुने केमिकल, कागजात र खाद्य वस्तुको नमूना बरामद गरिएको छ । सो कार्यमा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अगद नेपाल भेन्चरका सञ्चालक प्रभाव देव फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि विभागले काठमाडौँको सानो भर्यायाङस्थित समिट कमर्सियल प्रालीले कस्मेटिक तथा सवारीसाधन सफा गर्ने प्रयोग वस्तुमा नयाँ मिति राख्ने गरेको भेटिएपछि गोदाममा सिलबन्दी गरी सञ्चालकसहित तीन जनालाई प्रक्राउ गरिएको थियो । पक्राउ परेका तीन जनालाई जनही रु १५/१५ लाख धरौटीमा रिहा गरिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी