१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अबदेखि मोटरबाटो नपुगेको जमिन राखेर पनि २० लाखसम्म कर्जा पाइने

९ भाद्र २०७८, बुधबार ०४:५०

भदौ ९, काठमाडौँ । मोटरबाटो नपुगेको जमिन पनि धितोमा राखेर बिस लाख रुपैयाँसम्म कर्जा लिन पाइने भएको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीति कार्यन्वयनको लागि भदौ ८ गते ल्याएको संसोधित तथा परिमार्जित एकीकृत निर्देशन २०७७ मा यस्तो व्यवस्था गरिएको हो। 

राष्ट्र बैंकका अनुसार अब देखि २० लाखसम्मको कर्जा लिंदा मोटर बाटो नभएको खेतीयोग्य जमिनलाई पनि बैंक तथा वित्तीय संस्थाले धितोको रूपमा स्वीकार गर्न सक्नेछन्। 

मोटर बाटो नभएको जग्गा राखेर २० लाख सम्मको कर्जा दिनलाई राष्ट्र बैंकले बैंकहरुलाई जोड समेत गरेको छ। बैंकका प्रत्येक शाखाले यस्तो  कर्जाको निवेदन प्राप्त भएको सात कार्य दिनभित्र स्वीकृत गर्नुपर्ने र स्वीकृत हुन नसके सोको स्पष्ट कारणसमेत उल्लेख गरी सम्बन्धित ग्राहकलाई लिखित रूपमा जानकारी दिनुपर्ने छ।

मोटरबाटो नपुगेको खेतीयोग्य जमिन राखेर कर्जा लिन नपाउँदा एकातर्फ नेपालमा जग्गा प्लटिङ ब्यापक रुपमा बढिरहेको थियो भने अर्को तर्फ खेतीयोग्य जमिन पनि मासिने क्रम बढेको थियो। 

मोटरबाटो नपुगेको खेतीयोग्य जमिन राखेर २० लाख रुपैयाँ सम्म कर्जा लिन पाइने व्यवस्थाले बिशेषगरि साना लगानीमा कृषि तथा अन्य व्यवसाय गरिरहेकाहरुलाई धेरै राहत मिल्ने अपेक्षा गरिएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह