७ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चन्द्रागिरि नगरपालिकाको चार वर्ष : सबै वडामा प्रयोगशालासहित स्वास्थ्य केन्द्र

११ भाद्र २०७८, शुक्रबार १४:०५

अच्युत रेग्मी । भदौ ११, काठमाडौँ (रासस)। चन्द्रागिरि नगरपालिकाको सबै वडामा प्रयोगशालासहित स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । नगरप्रमुख घनश्याम गिरीको नेतृत्वमा नगरवासीलाई सुलभरूपमा उपचारको व्यवस्था गर्न सबै १५ वटै वडामा उक्त केन्द्र स्थापना गरिएको हो । 

यसैगरी थानकोटमा १५ श्ययाको बर्थिङ सेन्टर (नगरस्तरीय अस्पताल)सञ्चालनमा ल्याइएकामा  २५ श्यया बनाइने भएको छ । विसं २०७४ जेठ १० मा जनप्रतिनिधि निर्वाचित भएर आएसँगै यहाँको विकासले फड्को मार्दै आएको हो । 

कोरोना सङ्क्रमण फैलिँदै गएकाले तीन स्थानमा अक्सिजनसहितको सुविधासम्पन्न आइसोलेसन सेन्टर स्थापना गरिएको र अशक्त बिरामीलाई थप उपचारका लागि सशस्त्र प्रहरी बल अस्पताल पठाउने गरिएको  प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिनुभयो । 

 भूकम्पले क्षति गरेको २४सामुदायिक विद्यालय पुनःनिर्माण गरिएको र  चन्द्रागिरिको चिनारी झल्कने गरी स्थानीय पाठ्यक्रम निर्माणमा गर्न लागिएको छ । वडा नं १२ गुर्जुधारामा झण्डै रु २५ करोडको लागतमा नगरपालिकाको भवन निर्माण गर्न लागिएको  छ । पन्ध्रमध्ये ११ वटा वडा भवन निर्माण भइसकेको र दुई वटाका लागि बोलपत्र आह्वान भइसकेको र दुईको काम बाँकी रहेको नगरप्रमुख गिरीले बताउनुभयो । 

अधिकांश स्थानमा आफ्नै स्रोत उपयोगमा ल्याएर सबै पुरानो बस्तीमा खानेपानी पु¥याउन तीव्र गतिमा काम गरिरहेको बताइएको छ । बाह्र किलोमिटर सडक मुख्य राजमार्गका साथै  नगरभित्रका झण्डै ७५ प्रतिशत सडक कालोपत्र र ढलान गरिएको छ । 

पिप्लामोडदेखि नागढुङ्गा, थानकोट हुँदै कलङ्कीसम्मको मुख्य सडकमा सिसी क्यामरा र सडक बत्ती जडान, बीच बाटोमा बिरुवा रोपण, सडकमा रङ्रोगन र डिभाइडर राख्ने काम गरिएको छ  । एम्बुलेन्स र दमकल खरिद गरिएको छ । नगरप्रहरी राख्नका लागि विभिन्न वर्षमा बजेट विनियोजन गरिएकामा ऐन निर्माण नभएकाले ढिलाई भएको नगरप्रमुख गिरीको भनाइ थियो । 

चालिस हजार घरधुरी रहेको नगरमा एक वडा एक उद्यान निर्माण गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियत ऋण सहयोगमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारीमा छ । 

सुरुङमार्गले झण्डै ३०० रोपनी जग्गा र ४० घरलाई असर पार्ने भएकाले पीडितलाई मुआब्जा वितरणका लागि सहजीकरण गरिएको र वैशाख १२ को विनासकारी भूकम्पले क्षति पुगेको मठमन्दिर पुनःनिर्माण गरिएको नगरप्रमुख गिरीले बताउनुभयो ।  । झण्डै दुई लाख स्थायी र अस्थायी जनसङ्ख्या रहेको नगरपालिकाले अझैसम्म  फोहरमैला व्यवस्थापन गर्न  सकेको छैन ।  यसैगरी बल्खुखोला करिडोर निर्माण, प्रविधियुक्त नगरपालिका निर्माण गर्न पनि बाँकी रहेको नगरप्रमुख गिरीले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुशलको ब्याटिङ वरियतामा ३१ स्थान सुधार, अरुको कति? एमालेलाई मीनबहादुरको जग्गादान प्रकरण सर्वोच्चमा, भोलि पेसी गठबन्धन बैठकमा अध्यादेशबारे प्रधानमन्त्री ओली- आवश्यक परे ल्याउन सकिन्छ, तर अहिले तयारी छैन श्रम मन्त्रालयमा भण्डारीको १०० दिनः के–के भए काम ? सत्तारुढ दलको बालुवाटार बैठकमा कसले के भने ? रवि लामिछानेको बयान : “सूर्यदर्शन सहकारीबाट ऋण लिएको छैन, मेरो नामको खाताबारे अनभिज्ञ छु” पोखरेलीको घरदैलोमा रास्वपा, आफूहरूलाई धम्काएको बचतकर्ताको आरोप (विज्ञप्तिसहित) लगातार सातौँ दिन पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, आज कतिमा भइरहेको छ किनबेच ? उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भारतको स्याटेलाइट इन्टरनेट बजारमा एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? प्रधानमन्त्री ओलीले बोलाए सत्तारुढ दलहरुको बैठक अभ्यास खेलमा अमेरिका ए टोलीसँग नेपाल ४ विकेटले पराजित यस्तो रहनेछ आजको मौसम, हल्का वर्षाको सम्भावना बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित)