१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

८० लाख मूल्य बराबरको यार्सागुम्बासहित चार पक्राउ

१८ भाद्र २०७८, शुक्रबार ०८:५७

भदौ १८, काठमाडौँ (रासस)। महानगरीय अपराध नियन्त्रण महाशाखाले झण्डै रु ८० लाख मूल्य बराबरको यार्सागुम्बासहित चार जनालाई पक्राउ गरेको छ । 

अवैधरुपमा यार्सागुम्बाको कारोबार भइरहेको प्राप्त सूचनाका आधारमा महाशाखाको टोलीले काठमाडौँको सामाखुशीबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोरखा घर भई काठमाडौँको मित्रनगर बस्ने ४८ वर्षीय डुण्डुप गुरुङ, लमजुङ घर भइ नयाँ बसपार्क बस्ने ५० वर्षका बेलबहादुर थापा, सोही जिल्ला घर भई बानियाटार बस्ने ४० वर्षका कृष्ण परियार र प्यूठान घर भई तारकेश्वर बस्ने ४७ वर्षका  दानबहादुर जिसी रहेका छन् । 

गुरुङको कोठा खानतलासी गर्दा बिक्री वितरण गर्ने उद्देश्यले लुकाइछिपाइ राखेको अवस्थामा यार्सागुम्बा फेला परेको थियो । पक्राउ परेका चारै जनालाई आवश्यक कारवाहीका लागि आज डिभिजन वन कार्यालय काठमाडौँमा बुझाइएको महाशाखाले एक सूचना जारी गरी जनाएको छ । उनीहरुको साथबाट एक किलो ८५० ग्राम यार्सागुम्बा समेत बरामद गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै