२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डेढ अर्ब खर्चिएर धापासीको ‘पार्क भ्यू होराइजन’ पुनर्निर्माण गरिने, बरुणले गर्‍यो ठेक्का आह्वान

२०७८, २१ भाद्र सोमबार ०५:४३

भदौ २१, काठमाडौँ (रासस)। २०७२ को विनाशकारी भूकम्पले क्षतिग्रस्त भएपछि अलपत्र परेको धापासीको ‘पार्क भ्यू होराइजन’ ६ बर्षपछि पुनर्निर्माण हुने भएको छ ।

भारतीय कम्पनी बरुण डेभलपर्स प्रालिले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी अपार्टमेन्ट पुननिर्माणका लागि ठेक्का आह्वान गरेको छ । सार्वजनिक सूचनामा सिभिल, रेक्ट्रोफिटिङ, मेकानिकल, इलेक्ट्रिकल र प्लम्बिङको कामका लागि ठेक्का आह्वान गरिएको छ ।


बरुणले क्षतिग्रस्त अपार्टमेन्ट पुनर्निर्माणका लागि एक अर्ब ५० करोड रुपैयाँ लाग्ने अनुमान गरेको छ । इच्छुक ठेकेदारले रेक्ट्रोफिटि, सभिल निर्माण, इलेक्ट्रिकल र प्लम्बिङ हिटिङ एन्ड कुलिङ सम्बन्धि काम छुट्टछुट्टै वा एकमुष्ठ रुपमा गर्न सक्नेछन् । कुनै काम संयुक्त साझेदारीमा पनि काम गर्न सकिने सुविधा दिइएको छ । 

बरुणको सूचना अनुसार पुनर्निर्माणको काममा इच्छुक ठेकेदार कम्पनीले असोज ४ गतेसम्म निर्माण सम्बन्धि प्रस्ताव पेश गर्नुपर्ने छ । आगामी मंसिर १५ देखि नै पार्क भ्यू होराइजन निर्माण सुरु गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

अपार्टमेन्ट पुनर्निर्माण गर्दा लाग्ने खर्चको ६० प्रतिशत बरुण डेभलपर्स र ४० प्रतिशत रकम घरधनीले खर्च गर्नुपर्ने ०७५ माघमै सहमति भएको थियो । बरुणले भूकम्पको क्षति मूल्यांकन गर्न जापानको मियामोतो इन्टरनेशनललाई जिम्मा दिएको थियो । मियामोतोले बुझाएको प्रतिवेदन अनुसार अपार्टमेन्टको सगरमाथा, कञ्चनजंगा, मकालु र अन्नपूर्ण टावरको नन–स्ट्रक्चरल भागमा धेरै क्षति पुगेको छ । कंक्रिट पिलर र बिमहरुमा सामान्य क्षति भएको छ । 

पार्क भ्यू होराइजनमा २१२ एकाई अपार्टमेन्ट रहेका छन् । अधिकांश अपार्टमेन्टको वाल भत्काएर नयाँ बनाउनुपर्ने हुन्छ । पिलर र बिमहरुमा रक्ट्रोफिटिङ गर्नुपर्छ । 

स्थानीय भन्छन् – 'सरकार छ र यो देशमा ?' (तश्विर/भिडियो सहित)



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध