१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रधानन्यायाधीसको मासिक तलब ८८ हजार ९५०, सांसदको कति ?

२२ भाद्र २०७८, मंगलवार ०९:४२

भदौ २२, काठमाडौं । नयाँ आर्थिक वर्ष २०७८/७९ को कार्यान्वयन भएसँगै सरकारी कोषबाट तलब भत्ता खाने कर्मचारी तथा पदाधिकारीको सेवा सुविधामा समेत वृद्धि भएको छ । सरकारले अध्यादेशबाट ल्याएको बजेटमार्फत कर्मचारीको पारिश्रमिक मासिक २ हजार रुपैयाँले बढाउने निर्णय गरेको थियो । सोही अनुसार पदाधिकारीहरुको तलबमान समेत वृद्धि भएको छ ।

अर्थ मन्त्रालयका अनुसार नेपाल सरकारले ३ भदौमा नेपाल सरकारका विभिन्न ओहदाका पदाधिकारीको तलबमान निर्धारण गर्ने निर्णय गरेको छ । यो बढेको तलबमान १ साउनबाटै कायान्वयनमा आउने छ । अर्थले भने सोमबार राजपत्रमा प्रकाशित गर्दै पदाधिकारीको तलबमान सार्वजनिक गरेको हो । 

बढेको तलब अनुसार उपप्रधानमन्त्रीको तलब ७७ हजार ६४० रुपैयाँ पुगेको छ । मन्त्रीको तलब भने ७२ हजार ७३० रुपैयाँ पुगेको छ । राज्यमन्त्रीले ६९ हजार ३० रुपैयाँ र सहायक मन्त्रीले ६७ हजार ५ सय ३० रुपैयाँ पाउने भएका छन् ।

उपसभामुख र विपक्षी दलका नेताले समान ७२ हजार ७३० रुपैयाँ तलब पाउँछन् । संघीय सांसदको तलब भने ६६ हजार २ सय ४० रुपैयाँ पुगेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको तलब ६९ हजार ३० रुपैयाँ तोकिएको छ ।

प्रध्यानन्यायाधीशले मासिक ८८ हजार ९५० रुपैयाँ पारिश्रमिक बुझ्छन् । न्यायाधिशको तलब ७३ हजार ९५० रुपैयाँ रहेको छ । संवैधानिक निकायका प्रमुखको तलब ७० हजार १ सय ८० रुपैयाँ तोकिएको छ । निजामती, सुरक्षा तथा शिक्षकहरुको बढेको तलब भने अर्थले यसअघि नै सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी