२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रधानन्यायाधीसको मासिक तलब ८८ हजार ९५०, सांसदको कति ?

२०७८, २२ भाद्र मंगलवार ०९:४२

भदौ २२, काठमाडौं । नयाँ आर्थिक वर्ष २०७८/७९ को कार्यान्वयन भएसँगै सरकारी कोषबाट तलब भत्ता खाने कर्मचारी तथा पदाधिकारीको सेवा सुविधामा समेत वृद्धि भएको छ । सरकारले अध्यादेशबाट ल्याएको बजेटमार्फत कर्मचारीको पारिश्रमिक मासिक २ हजार रुपैयाँले बढाउने निर्णय गरेको थियो । सोही अनुसार पदाधिकारीहरुको तलबमान समेत वृद्धि भएको छ ।

अर्थ मन्त्रालयका अनुसार नेपाल सरकारले ३ भदौमा नेपाल सरकारका विभिन्न ओहदाका पदाधिकारीको तलबमान निर्धारण गर्ने निर्णय गरेको छ । यो बढेको तलबमान १ साउनबाटै कायान्वयनमा आउने छ । अर्थले भने सोमबार राजपत्रमा प्रकाशित गर्दै पदाधिकारीको तलबमान सार्वजनिक गरेको हो । 

बढेको तलब अनुसार उपप्रधानमन्त्रीको तलब ७७ हजार ६४० रुपैयाँ पुगेको छ । मन्त्रीको तलब भने ७२ हजार ७३० रुपैयाँ पुगेको छ । राज्यमन्त्रीले ६९ हजार ३० रुपैयाँ र सहायक मन्त्रीले ६७ हजार ५ सय ३० रुपैयाँ पाउने भएका छन् ।

उपसभामुख र विपक्षी दलका नेताले समान ७२ हजार ७३० रुपैयाँ तलब पाउँछन् । संघीय सांसदको तलब भने ६६ हजार २ सय ४० रुपैयाँ पुगेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको तलब ६९ हजार ३० रुपैयाँ तोकिएको छ ।

प्रध्यानन्यायाधीशले मासिक ८८ हजार ९५० रुपैयाँ पारिश्रमिक बुझ्छन् । न्यायाधिशको तलब ७३ हजार ९५० रुपैयाँ रहेको छ । संवैधानिक निकायका प्रमुखको तलब ७० हजार १ सय ८० रुपैयाँ तोकिएको छ । निजामती, सुरक्षा तथा शिक्षकहरुको बढेको तलब भने अर्थले यसअघि नै सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी