२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

१६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट संसदमा पेश (पूर्णपाठसहित)

२०७८, २५ भाद्र शुक्रबार ११:०८

भदौ २५, काठमाडौँ । सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रूपैयाँ बराबरको संशोधन बजेट संसदमा पेश गरेको छ । शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक मार्फत संशोधित बजेट पेश गरेका हुन् । 

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले विधेयकमार्फत् गत जेठ १५ गते ल्याएको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको रहेकोमा अर्थमन्त्री शर्माले १५ अर्ब रुपैयाँले बजेटको आकार घटाएका हुन् । शुक्रबार प्रतिनिधि सभामा बिनियोजन विधेयक २०७८ प्रस्तुत गर्दै बजेटको आकार घटेको जानकारी दिए । 

नेकपा एमाले सांसदको नाराबाजीका बीच अर्थमन्त्री शर्माले संसदमा बजेटको प्रतिस्थापन विधेयक पेश गरेका हुन् । अर्थमन्त्री पौडेलले पुरक बजेटको कार्यान्वयनबाट ७ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने दाबी गरे । 

सरकारले बैठक तथा भ्रमण भत्ता र तालिमका लागि छुट्याएको बजेट कटौती गरेको छ । यसरी कटौती गर्दा बचत भएको ५ अर्ब रुपैयाँ कोरोना खोपका लागि छुट्याइएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।  

सरकारले क्यान्सर एवम् मिर्गौलाका गम्भीर रोग भएका र गम्भीर मेरूदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको छ । सरकारले कोरोना महामारीका कारण रोजगारी तथा आजआर्जन गुमाएका गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रका गरीब तथा विपन्न परिवारलाई प्रतिथ परिवार १० हजार नगद अनुदान दिने भएको छ । 

सरकारले राजनीतिक परिवर्तनको आन्दोलनमा बलिदान गर्नेहरुलाई मासिक ३ हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको छ । संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभावकरले शहीद परिवारलाई ३ हजार भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन् ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध