२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कलंकी भाटभटेनी परिसरमा हिमालयन जाभा कफीको आउटलेट संचालनमा

२०७८, २६ भाद्र शनिबार १३:४१

भदौ २६, काठमाडौं । हिमालयन जाभा कफीको नयाँ आउटलेट शुक्रबारदेखि कलंकीमा सञ्चालनमा आएको छ । धुर्व रिजाल र नविन खड्काको एनडी थर्टीनाइन समुह (ND39) ले कलंकी स्थित भाटभटेनी परिसरमा हिमालयन जाभाको आउटलेट शुक्रबारबाट संचालनमा ल्याएका हुन् । 

डेढ करोड भन्दा माथिको लगानीमा हिमालयन जाभाको आउटलेट संचालनमा ल्याइएको व्यवसायी धुर्व रिजालले जानकारी दिए । पछिल्लो समय नेपालमा कफी संकृतिको मोहले गर्दा अरु थप शाखा खोल्न हौसला मिलेको व्यवसायी धुर्व रिजालले बताए ।


धुर्व र नवीनको कम्पनी ND39 ले सेल्सबरी डिपार्टमेन्ट स्टोर परिसरमा यसअघि नै हिमालयन जाभाको आउटलेट संचालनमा ल्याइसकेका छन् भने धुर्वले अन्य व्यवसायीसंग मिलेर महाराजगन्जको निर्मल निवाल अगाडी हिमालयन जाभाको आउटलेट संचालनमा ल्याइसकेका छन् । 


२ वटै आउटलेट संचालनमा सफलता मिलेसंगै ND39 समुहले निकट भविष्यमा नै होम टाउन नेपालगंज लगायत अन्य ठाउँमा समेत ५ देखि ७ वटा सम्म हिमालयन जाभाको आउटलेट संचालनमा ल्याउने लक्ष्य राखेको उनले बताए । धुर्व म्यानपावर व्यवसायी हुन् भने खड्का कोहलपुरका ठुला कपडा ब्यवसायी हुन् । धुर्व र खड्का दुइ जनाको साझेदारीमा घर जग्गाको कारोबार गर्दै आएका छन् ।


हिमालयन जाभा अन्तर्राष्ट्रिय स्तरमा फैलिएको नेपाली फेन्चाइज कफी सप हो । विश्व प्रशिद्ध इन्डोनेसियाली ब्रान्ड जाभा र नेपाली गौरव झल्काउने हिमालयन जोडेर बनाइएको हिमालन जाभा कफी पारखीको लागि रोजाइको गन्तव्य बनेको छ । झन्डै दुई दशक अघि ठमेलको त्रिदेवी मार्गबाट हिमालयन जाभा सुरु भएको हो । नेपाली ब्राण्ड हिमालयन जाभा कफीको  देश तथा विदेशमा गरी ४० भन्दा बढी शाखा संचालनमा आईसकेका छन् । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध