७ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

काठमाडौं महानगरको शहरी व्यवस्थापनमा सहकार्य गर्न यूसीएलजी इच्छुक

२७ भाद्र २०७८, आईतवार ०९:२३

न्युज कारखाना | भदौ २७, काठमाडौं | स्थानीय सरकार तथा सहरहरुको अन्तर्राष्ट्रिय सञ्जाल एसिया प्यासिफिक (यूसीएलजी)का पदाधिकारीले काठमाडौं महानगरको सहरी व्यवस्थापनमा सहकार्य गर्न इच्छा देखाएका छन् ।

सञ्जालका एशिया प्यासिफिक अध्यक्ष अशोक व्याञ्जु, महासचिव डा. बर्नाडिया इरावती जन्द्रादेवी, काठमाडौं महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, प्रशासन विभागका प्रमुख महेश काफ्ले, अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख डिल्लीराम बास्तोला लगायत पदाधिकारीको बैठकमा अन्तरदेशीय सहकार्यमा काठमाडौं महानगरका विषयमा कुराकानी भएको थियो ।

त्यसक्रममा सञ्जालका अध्यक्ष व्याञ्जुले काठमाडौं देशको मुहार भएकोले यसलाई थप उज्यालो बनाउन सहकार्य उपयुक्त हुने बताए । 'काठमाडौंमा गरिएका अभ्यासले अन्य सरकारमा पनि लाभ पुग्ने भएकोले काठमाडौंसँग सहकार्य गर्ने हाम्रो प्रस्ताव हो,' व्याञ्जुको भनाइ थियो ।

महानगरकी उपप्रमुख खड्गी श्रेष्ठले सञ्जालले शहरी वातावरण सुधारका लागि मानव मलमुत्र व्यवस्थापनमा गरेको कामबाट आफू प्रभावित भएको बताउँदै अन्य सहरको अनुभव काठमाडौंले सिक्न सक्ने बताइन् ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले अन्तरनगर सिकाइबाट नागरिक तहमा लाभ प्रदान गर्न महानगरले राष्ट्रिय अन्तर्राष्ट्रिय नगरहरुसँग भगिनी सम्बन्ध स्थापना गरेको उल्लेख गरे ।

'शहरी विकास र व्यवस्थापनका कोणबाट काठमाडौंसँग सम्भावना र क्षमता दुवै छन् । यो क्षमतालाई पूरा उपयोग गर्न काठमाडौंको सक्रियता भए हामी सहकार्य गर्न तयार छौँ,' छलफलमा सञ्जालकी महासचिव डा. बर्नाडियाले भनिन् ।


सञ्जालको आठौं सम्मेलन २२-२४ भदौमा काठमाडौँमा सञ्चालन भएको थियो । सम्मेलनमा स्थानीय सरकार प्रमुखहरुले कोभिड व्यवस्थापनमा आफूले गरेको प्रयास र अब चुनौतीका विषयमा प्रस्तुति दिएका थिए ।

सञ्जालमा विश्वभरका २ लाख ४० हजार बढी शहर र एसिया प्यासिफिक क्षेत्रबाट ७ हजार बढी शहर सदस्य छन् । यसमा काठमाडौं महानगरसहित नेपालका १० वटा पालिका सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको बयान : “सूर्यदर्शन सहकारीबाट ऋण लिएको छैन, मेरो नामको खाताबारे अनभिज्ञ छु” पोखरेलीको घरदैलोमा रास्वपा, आफूहरूलाई धम्काएको बचतकर्ताको आरोप (विज्ञप्तिसहित) लगातार सातौँ दिन पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, आज कतिमा भइरहेको छ किनबेच ? उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भारतको स्याटेलाइट इन्टरनेट बजारमा एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? प्रधानमन्त्री ओलीले बोलाए सत्तारुढ दलहरुको बैठक अभ्यास खेलमा अमेरिका ए टोलीसँग नेपाल ४ विकेटले पराजित यस्तो रहनेछ आजको मौसम, हल्का वर्षाको सम्भावना बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा