२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आज कुन देशको मुद्राको विनिमयदर कति ? हेर्नुहोस्

२०७८, २८ भाद्र सोमबार ०५:२६

भदौ २८, काठमाडौं। नेपालमा आज (सोमबार) अमेरिकी डलरको खरिददर ११७.३१ र बिक्रीदर ११७.९१ रुपैयाँ तोकिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार यूरोपेली मुद्रा यूरोको विनियमदर भने घटेको छ । 

आज यूरोको खरिददर १३८.६० र बिक्रीदर १३९.३१ रुपैयाँ निर्धारण भएको छ । यो मुद्राको खरिददर र बिक्रीदर हिजोको तुलनामा २४ पैसाले घटेको हो । बेलायती पाउण्डको खरिददर १६२.३७ र बिक्रीदर १६३.२० रुपैयाँ तोकिएको छ । यस्तै, अष्ट्रेलियन डलरको खरिददर ८६.२९ र बिक्रीदर ८७.७३ रुपैयाँ कायम भएको छ ।

एसियन मुलुकतर्फ सिंगापुर डलरको खरिददर ८७.४४ र बिक्रीदर ८७.८७ रुपैयाँ तथा १० जापानी येनको खरिददर १०.६७ बिक्रीदर १०.७३ रुपैयाँ तोकिएको छ । साउदी अरेबियन रियालको खरिददर ३१.२८ रुपैयाँ तथा बिक्रीदर ३१.४४ रुपैयाँ कायम भएको केन्द्रीय बैंकले जनाएको छ । कतारी रियालको खरिददर ३२.२१ र बिक्रीदर ३२.३८ रुपैयाँ, संयुक्त अरब इमिरेट्स दिरामको खरिददर ३१.९४ र बिक्रीदर ३२.१० रुपैयाँ तथा मलेसियन रिंगेटको खरिददर २८.३६ र बिक्रीदर २८.५० रुपैयाँ तोकिएको छ ।

यसैगरी, १०० कोरियन वनको खरिददर १०.०२ रुपैयाँ र बिक्रीदर १०.०७ रुपैयाँ, हङकङ डलरको खरिददर १५.०८ रुपैयाँ तोकिँदा बिक्रीदर १५.१६ रुपैयाँ तोकिएको बैंकले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी